२४ घण्टामा विश्वभर २ लाख ९२ हजारभन्दा धेरैमा कोरोना

  • साउन १७, २०७७ | ३३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले भनेको छ, शुक्रबार एकैदिन विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संगठनका अनुसार एकैदिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो ।

यसअघि २४ जुलाईमा २ लाख ८४ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार सबैभन्दा धेरै संक्रमित फेला परेका देशहरुमा ब्राजिल, अमेरिका, भारत, दक्षिण अफ्रिका र कोलम्बिया छन् ।

ब्राजिलमा ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४ सय ६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा ८ हजार ६ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार शुक्रबार एकैदिन विश्वभर ६ हजार ८ सय १२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यसैबीच डब्ल्यूएचओका प्रमुखले कोरोना महामारीको असर विश्वले दशकौंसम्म महसुस गरिरहने बताएका छन् ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब