भारतमा एकैदिन थपिए ५७ हजार कोरोना संक्रमित

  • साउन १७, २०७७ | २४७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । भारतमा कोरोनभा भाइरस संक्रमितको संख्या बढ्ने दर दिनानुदिन बढ्दै गएको छ ।

पछिल्लो केहीदिन यता भारतमा संक्रमणको दर विश्वमै सबैभन्दा तिब्र देखिएको छ । भारतीय अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन् ।

योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वेभसाईटमा उल्लेख भए अनुसार कुल सङ्क्रमित मध्ये पाँच लाख ६५ हजार १०३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी दश लाख ९४ हजार ३७४ जना सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृत्यु भएको छ । ती मध्ये ७६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाले सवैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ ।

यस प्रदेशमा अहिलेपनि एक लाख ५० हजार ९६६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको संख्या १९ हजार ९९४ रहेको छ ।

मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९८६ जना सङ्क्रमित अवस्थामै रहेका बेला तीन हजार ९३५ जनाको मृत्यु भएको छ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब