बिसेश्वर यादवको आत्महत्याले उब्जाएको गम्भीर प्रश्न ?

  • साउन १९, २०७७ | १,९६२ पटक पढिएको | रामसुफल सदाय
alt

बिश्वब्यापी कोरोना महामारीले गर्दा लकडाउनमा भारतको राजधानी दिल्लीमा रोजगारी गुमाइ घर फर्केका बिशेस्वर यादव आफ्नै नगरपालिकाले ब्यवस्थापन गरेका क्वारेन्टाइनमा बसे तर त्यहाँ उसको पिसिआर टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो। करिब १४दिन आइसोलेशनमा बस्दा उहाँमा कुनै किसिमको लक्षण नदेखिएकोले कोरोना नेगेटिभ नहुदै आइसोलेशनबाट घर पठाइयो। अहिले परिवार देखि पुरै समाजमा कोरोनाको भय र त्रास छ।कोरोना सन्क्रमितको नाम सुन्दा समेत तर्सिने अवस्थामा परिवारले उहाँलाई अन्य सदस्यसङ बस्न दिने कुरै भएन किनभने सन्क्रमित सङै पुरै परिवारमा फैल्ने खतरा थियो। त्यसैले परिवार यति त्रसित थियो कि उहाँलाई एक्लै बस्न सुझाव दियो। उहाँसङ गरिने सम्पुर्ण ब्यवहार हाम्रो समाजमा दलितसङ गरिएको ब्यवहारसङ मिल्दछ। जस्तो कि दलितलाइ घर भित्र पस्न दिदैन। आफ्नो थालमा खान दिदैन। त्यस्तै ब्यवहार बिसेश्वर सङ पनि गरियो। उहाँलाई पनि घर भित्र पस्न दिएन । पातमा खान बाध्य बनाइयो। परिवारको नजिक आउन दिएन । समाजमा उसलाइ देख्ने बितिकै मान्छेले नाक मुख छोप्ने छि छि दुर दुर  जस्ता अमानवीय ब्यवहार देखायो। जब कि समान्य सुरक्षाका उपाय अबलम्बन र  कोरोनाको बिरामीसङ  शारीरिक दुरि कायम गर्यो भने सर्दैन । तर समाज र परिवारले उसलाइ अलग्याएर सम्मानजनक ब्यवहार देखाउन सकेन । परिवारले उससङ सरसल्लाह गरेर उसलाइ सम्झाएर यो अप्रिय घटनालाई रोक्न सक्थ्यो।  जुन परिवारको खुशिको लागि आफू बिदेशिन पुगेको थिए आज त्यही परिवारले यस्तो अमानवीय ब्यवहार गरेको देख्दा उसको मन र मुटुमा गहिरो चोट पुगेको देखिन्छ। यो चोट उसको लागि कुनै बाहिरी चोट थिएन । यो चोट उसको अन्तरमनमा लागेको चोट थियो। यो घट्ना उसको अस्तित्व माथी नै प्रश्न चिन्ह खडा गर्यो । आखिर मानवीय जिवनको मूल्य मान्यता के हो रु कुन कुरा हो जुन कि मान्छेलाई यो सन्सारमा बाच्न लालायित गर्दछ रु यसको दार्शनिक पक्ष हेर्यो भने त्यो हो समाज , परिवार र उसको खुसी र त्यसैको लागि जिवनले एउटा अर्थ दिइरहेको हुन्छ । तर त्यही समाज र परिवार जब कोइ सङ यस्तो क्रुर ब्यवहार गर्दछ अनि मान्छेको जिवनको मूल्य अर्थहिन हुन जान्छ र मानिस आफ्नो अस्तित्व समाप्त भएको मह्सुस गर्दछ। त्यसैको परिणाम हो बिसेश्वरको आत्महत्या।आज सबै सम्बन्ध उसको लागि मिथ्या साबित भएछ। त्यसैले यो घटनामा परिवार र समाज पनि उतिकै जिम्मेवार देखिन्छन।

राज्यको भुमिका

जब ब्यक्ती आफुबाट कुनै समस्याको हल गर्न सक्दैन। त्यतिखेर राज्यबाट संरक्षण खोज्छ। तर जब राज्य एउटा नागरिकको समस्याबाट बिमुख हुन्छ। अनि नागरिक बेसहारा र लाचार बन्न पुग्छ। उसले बारम्बार नगर प्रमुख र आइसोलेशन प्रमुखलाइ यो कुराको लागि आग्रह गर्दा पनि सुनुवाइ भएको देखिदैन। आफुसङ समाज र परिवारले यस्तो अमानवीय व्यबहार गर्दैछ्न।मेरो पिसिआर परिक्षण गरेर आफुलाइ बस्न सहज बाताबरण मिलाइ दिनु पर्यो भन्दा पनि उसको पीडा कोइ सुन्न चाहेन र बेवस्ता गर्यो।  जसले गर्दा उसलाइ थप मानसिक तनाब बढ्यो। एकातिर परिवार र समाजबाट अवहेलना र अर्को तिर राज्यको उपेक्षा। यो कुरा जो सुकैको लागि बिच्लित गर्ने कुरा हो। अब प्रश्न उठ्छ राज्य के का लागिरु एउटा नागरिक प्रती राज्यको उतरादायित्व के हुन्छरु राज्यले आफ्ना नागरिकलाई मर्नको लागि बाध्य बनाउन मिल्छरु उसको जिवनको सुरक्षा कसले गर्नेरु यी प्रश्नहरुबाट राज्य भाग्न मिल्दैन। स्थानिय तहले कोरोनाको नाममा करोडौं रकम खर्च गरेका छन। तर एउटा नागरिकको ज्यान जोखिममा पर्दा उदासिनता देखाउनुको तात्पर्य के होरुके  आइसोलेशनमा अब कसैको पिसिआर टेस्ट हुदैनरु यदि हुन्छ भने बिसेश्वर यादवको सवालमा भेदभाव किन रु के त्यो नागरिक थिएनरु यसको जवाफ नगरप्रमुख र आइसोलेशन ब्यवस्थापकले दिनु पर्छ। अर्कोतिर प्रदेश न २ को सरकार जो कि मधेश आन्दोलनको जगमा स्थापित भएको छ। आफुलाइ जन्ताको हिमायती र लोक कल्याणकारी हु भने सम्झन्छ। आज प्रदेश सरकारको संबेदनसिलता किन देखिएन । प्रदेश सरकारको असक्षमताको परिणाम हो मलर सदा, राजु सदा, बिरेन्द्र यादव र बिसेश्वर यादवको मृत्यु । प्रदेश दुइको सरकारले कोरोनाको नाममा करोडौं बजेट खर्च गरे। तर अझै पनि आइसोलेशन र क्वारेन्टाइन किन ब्यवस्थित गर्न सकेनरु यदि रकम अभावले ब्यवस्थापन गर्न सकिएन भने कोरोना सङ लड्नको लागि आएको रकम ६५ करोड कसरी फृज भयो। यसबाट यो प्रष्ट हुन्छ कि पैसाको अभाव भन्दा पनि सरकारको गैर जिम्मेवारिपन र असम्बेदनशिलताको कारण आज बिसेश्वर यादव जस्ता दर्जनौ होनहार युवाले ज्यान गुमाउनु पर्यो।

यो आत्महत्यामा सबभन्दा प्रमुख जिम्मेवार संघीय सरकार र उसको ज्यानमारा नीति नै देखिएको छ। यदि सरकारले कोरोना पोजेटिभ बिरामीलाई उपचार नगरिकन घर फर्काइने हो भने जन्ता उपचार कसरी गर्नेछ। यदि कोरोना पोजेटिभ बिरामीलाई बिना जाँचको समुदायमा फर्काइने हो भने झन कोरोना फैलिन्छ ।आज कोरोना समुदायमा संक्रमण बढेको छ । त्यो यहि गलत र अदुरदर्शी नितिको परिणाम हो। त्यसैले कोरोनाको नाममा सरकारको रोइ कराइ हेर्दा एउटा नाटक मन्चन मात्र हो भने बुझिन्छ । जब कि कोरोनाको नाममा विभिन्न दातृ निकायबाट सहयोग लिएर आफ्नो रजाइ मात्र गरेको छ। कोरोना महामारीको समयमा विभिन्न भ्रष्टाचारका कान्डहरु बाहिर आउदा पनि त्यसको नियन्त्रण र कार्यवाहीको साटो पक्षपोषण मात्र गरेको देखिन्छ। सरकारको प्रमुख काम हो जनताको ज्यु धनको रक्षाको साथै राज्यमा सुशासन कायम गर्ने तर यसमा सरकार पुर्नरुपले असफल देखिन्छ। संविधानमा प्रष्ट रुपले जनताको मौलिक हकको रक्षा र त्यसको ग्यारेन्टी गर्ने प्रमुख जिम्मेवारी सरकारको हुनेछ भनेर उल्लेख छ। फेरि बिसेश्वर यादव जस्ता थुप्रै युवाहरुको गाँस बाँस र स्वास्थ्यको हकको ग्यारेन्टी किन हुन सकेन रु यसको जिम्मेवारी सरकारले लिनु पर्छ कि पर्दैन रु जनताको मौलिक हकको रक्षा किन हुन सकेन रु यी कुराहरु बाट प्रष्ट बुझिन्छ कि बिसेश्वर यादवको हत्या हो कि आत्महत्या । यसबाट जो कोहि पनि आकलन गर्न सक्छ कि उसलाइ आत्महत्या गर्न बाध्य बनाएको हो राज्यको सन्यन्त्र र नितिले। अब सरकारले उसको बिचल्लीमा परेको परिवारलाई क्षतिपूर्ति दिनु पर्छ कि पर्दैनरु सरकारले आफ्नो कमि कमजोरी मह्सुस गरि उसको परिवार र बालबच्चाको भरण सहित क्षतिपूर्ति उप्लब्ध गराइ न्याय गर्नु पर्दछ। नभए उसको परिवारले आफुसङ अन्याय भएको हो र मौलिक हकको उल्लङ्हन भएको हो भने कारण देखाउदै अदालतको माध्यमले न्याय पाउने एक मात्र बिकल्प देखिन्छ।

बिसेश्वरको आत्महत्या र हिन्दु समाजको मनोदशा

मैले माथी केही ठाउँमा उल्लेख गरे कि बिसेश्वर यादवसङ दलित जस्तो ब्यवहार गरियो। त्यो उल्लेख गर्ने मेरो मनसाय थिएन तर यो समाजको यथार्थ हो। जब बिसेश्वरसङ कोरोनाको कारण  अमानवीय र छुवाछूत जस्तो ब्यवहार गरियो। त्यो ब्यवहार यति अमानवीय र क्रुर थियो कि उसको लागि असह्य भयो। त्यसतो घृणा, अपमान र अबहेल्ना उसको मानवीय अस्तित्व नै खतम गरिदियो । अब सोचौ दलित बर्ग जसलाइ हिन्दु समाजले हजारौं बर्षदेखि घृणा र अपमानजनक ब्यवहार गर्दै आएको छ। त्यो दलित समुदाय माथी के बितेको होला। जब कि मानव भएर पशुतुल्य ब्यवहार सहन गरेको छ। यस्तो घृणा , अपमान र अबहेल्नाको असर कस्तो परेको छ जुन कि बिसेश्वरको आत्महत्याबाट बुझ्न सकिन्छ। दलित स्वस्थ्य भएर पनि जातीय बिभेदको कारणले मान्सिक बिचलनमा छ । दलित यहि आशा र बिश्वासमा छ कि हामी पनि एक दिन मानव हुनेछौ।के यस्तो अमानवीय र क्रुर जाती ब्यवस्था खतम गरि एउटा स्वस्थ र समतामूलक समाज निर्माण गर्ने जिम्मेवारी हामी सबैको होइनरु के एउटा मानवलाई मानव सरह जीवन जिउने अधिकारको ग्यारेन्टी यो समाजले गर्न सक्दैन रु यदि हो भने यस्ता कुरितिको बिरुध पनि हाम्रो अवाज उठ्न जरुरी छ। अन्तमा म यहि भन्न चाहन्छु कि बिसेश्वर यादवको परिवारको लागि राज्यबाट उचित क्षतिपूर्तिको ब्यवस्था होस। कोरोनाको नियन्त्रणमा तिनै तहको सरकार तदारुकताका साथ लागोस।

116348143_594002998207897_3096783177789434327_n

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब