सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

  • भदौ २७, २०८३ | ४९ पटक पढिएको | सीमा संदेश
alt

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, सिरहा पुगेका चार जना वृद्धवृद्धाले सेवा नपाएपछि खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन् । जिल्ला प्रशासन कार्यालय गेटअगाडिको निजी घरबाहिर रहेको खाटमा चार जना वृद्धवृद्धा रात बिताउन बाध्य भएका हुन् ।

सुखीपुर नगरपालिका-८ का ज्येष्ठ नागरिक सुकन पण्डित, कल्पना पण्डित र कल्याणपुर नगरपालिका-४ का महन्थी ठाकुर, अतर देवी साह बिहीबार बिहानै जिल्ला प्रशासन कार्यालय आएका थिए । तर, दिनभर पालो कुरेर बसे पनि उनीहरूको नम्बर नआएपछि परिचयपत्र बनाउने काम हुन सकेन ।

परिचयपत्र बनाउन आएका ती वृद्धवृद्धालाई कर्मचारीले शुक्रबार बिहान ६ बजेदेखि नै लाइनमा बस्नुपर्ने जवाफ दिएका थिए । त्यसपछि उनीहरू पुनः पालो छुट्ने चिन्ताले घर नफर्की प्रशासन कार्यालयछेउमै बसिरहेका हुन् ।

बिहान खाना नखाई आएका उनीहरूले दिउँसो चिउरा र चिनी किनेर खाएका थिए । तर, अहिले भने उनीहरू केही नखाई बसिरहेका छन् । 'हामी गरिब मान्छे, गाउँबाट सरसापट गरेर राष्ट्रिय परिचयपत्र बनाउन आएका हौं,' सुकन पण्डितले कान्तिपुरसित भने, 'कुन पैसाले काम गराउने, कुन पैसाले यहाँ खाना खाने ?'

उमेरका कारण लामो समय लाइनमा बस्न कठिनाइ भए पनि राष्ट्रिय परिचयपत्र बनाउनै पर्ने बाध्यताले आफूहरूलाई यति धेरै कष्ट गर्नुपरेको उनीहरूको गुनासो छ । राष्ट्रिय परिचयपत्र नहुँदा विभिन्न सरकारी सेवा, सामाजिक सुरक्षा भत्ता, बैंकिङ तथा अन्य प्रशासनिक कामकाजमा कठिनाइ भोग्दै आएको उनीहरूले बताए ।

कतिपय मानिसहरूको काम आजै तुरुन्तै भएको देखे पनि आफूहरू वृद्ध भएको भनेर आग्रह गर्दा पनि कर्मचारीले सुन्नुको साटो हप्काएर पठाएको गुनासो अतरदेवी साहले गरिन् । 'हामी सानो मान्छेले हो लाइन लाग्नपर्ने, प्रक्रिया पुर्‍याउन पर्ने,' उनले दुखेसो पोखिन्, 'लेखनदासलाई पैसा दिनेहरूको काम तुरुन्तै हुने रहेछ, ठूलाबडाको काम क्षणभरमै हुने रहेछ ।'

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने सेवाग्राहीको अत्यधिक चापका कारण उनीहरूको काम हुन नसकेको बताए । उनीहरू भोकभोकै बसिरहेको विषयमा आफूले जानकारी पाएपछि अवस्था बुझ्न मान्छे पठाएको उनले सुनाए ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब