अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचारीमाथि कारबाही

  • भदौ २७, २०८३ | ६२ पटक पढिएको | सीमा संदेश
alt

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पतालले एक चिकित्सकसहित छ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ ।

घटना भएका दिन प्रसूति वार्डमा ड्युटीमा रहेका चार जना स्वास्थ्यकर्मी, एक जना चौकीदार र एक जना सरसफाइकर्मी गरी छ जनालाई कामकाजबाट हटाइएको हो ।

अस्पतालले शुक्रबार जारी गरेको पत्रअनुसार घटनाको छानबिनका लागि गठित समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्म उनीहरूलाई कामकाजबाट अलग गरिएको हो ।

कामकाजबाट हटाइनेमा डा। उषा देव, स्टाफ नर्स मनिषाकुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झा रहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले जानकारी दिनुभयो ।

राजविराज नगरपालिका–१४, परसाही टोलकी २९ वर्षीया बबिता पासमानले अस्पताल परिसरको मूल गेटबाहिर बच्चा जन्माएको भिडियो भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले सम्बन्धित कर्मचारीलाई कामकाजबाट हटाएको हो ।

घटनाको वास्तविक अवस्था पत्ता लगाउन अस्पतालले छानबिन समिति गठन गरेको छ । यसबाहेक घटनाको छानबिनका लागि अन्य समितिसमेत गठन गरिएको अस्पतालले जनाएको छ । छानबिन समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त हुन बाँकी रहेकाले तत्कालका लागि सम्बन्धित कर्मचारीलाई कामकाजबाट अलग गरिएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट झाले बताउनुभयो ।

उक्त घटनाको छानबिन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार सुप्रभात श्रेष्ठको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय सप्तरीले स्वास्थ्य कार्यालयका प्रमुख डा. सतीशकुमार यादवको नेतृत्वमा तथा मधेश प्रदेश सभाअन्तर्गतको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले सदस्य किरणकुमारी साहको नेतृत्वमा छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन् । समितिहरूले छानबिन कार्य थालिसकेको जनाइएको छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब