कोरोना प्रभावका कारण एसईई नतिजा प्रकाशन ढिलो हुने

  • साउन २२, २०७७ | ५०८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएकाले नतिजा प्रकाशन गर्न केही दिन लाग्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए ।

‘विद्यार्थीको नाम थर, प्राप्तांक आदि रुजु भइरहेको छ’ परीक्षा नियन्त्रक खकुरेल भन्छन्, ‘नतिजा आएपछि विद्यार्थीको गतिविधि बढ्ने भएकाले केही दिन पर्खेर हेर्नुपर्ने देखिन्छ ।’

काठमाडौंमा कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएपछि बोर्डले नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । बिहीबारसम्म काठमाडौं उपत्यकामा ७८९ जनामा संक्रमण देखिएको छ ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाकै कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयहरूले जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।

विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो । देशभरी एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन्।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब