१३ वर्षीय विद्यार्थीसँग यौन सम्बन्ध राख्ने शिक्षिकालाई २० वर्ष जेल सजाय हुनसक्ने

  • साउन २२, २०७७ | ३०६ पटक पढिएको | सीमा संदेश
alt

आफ्ना १३ वर्षीय विद्यार्थीसँग यौन सम्बन्ध राख्ने शिक्षिकाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।  घटना अमेरिकाको टेक्सासको हो ।  
बासट्रोप हाइस्कुलमा गणित पढाउने हेली पार्डी गत साता पक्राउ परेकी थिइन् । उनी १ लाख अमेरिकी डलर जमानत बुझाएर जेलमुक्त भएकी छिन् । स्थानीय अधिकारीका अनुसार मुद्दा हारेमा उनीमाथि २० वर्षसम्म जेलसजाय हुनसक्छ । यस विषयमा सुनुवाईका लागि अदालतमा मिति तय भइसकेको छैन । 

प्रहरीकाअनुसार दुई वर्षअघि पार्डीले एक बालकलाई यौन दुव्यवर्हार गरेकी थिइन् । जतिबेला बालकको उमेर १३ र उनको उमेर २३ वर्ष थियो । स्कुलका प्रशासकहरुले यसबारे ९ महिनापछि अज्ञात व्यक्तिमार्फत सूचना पाएका थिए । अगस्ट २०१९ मा यस्तो सुचना पाएलगत्तै पार्डीलाई त्यही दिनदेखि बिदामा राखिएको थियो । नोभेम्बरमा सर्वसम्मत रुपमा बास्ट्रप विद्यालयको बोर्डले उनलाई बर्खास्त ग¥यो । 

यस्तो घटना हुनभन्दा केही महिनाअघि मात्रै उनले विद्यालयमा काम थालेकी थिइन् । ‘विद्यार्थी र शिक्षकको सम्बन्ध विश्वासको जगमा अडेको हुन्छ र जब विश्वास गुम्छ, तब यसले हामीलाई दुखित र आक्रोशित बनाउँछ,’ विद्यालयकी प्रवक्ता क्रिष्ट्री लिले भनिन् । 

पार्डीले टेक्सास स्टेट युनिभर्सिटीबाट २०१८ मा गणितमा स्नातक गरेकी थिइन् र त्यही वर्ष टेक्सास राज्य एकेडेमिक डिस्टिन्सन अवार्ड समेत जितेकी थिइन् । 

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब