भारतीय दूतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि

  • साउन २५, २०७७ | ३३५ पटक पढिएको | सीमा संदेश
alt

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्मका  ६० जना पुरूष र १५ जना महिला रहेका छन् ।

साउन १८ गते देखि २४ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ७५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

 नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार शनिबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना नेपाल प्रहरी  १ जना १५ बर्षकी महिला समेत रहेका छन् ।
वीरगन्ज स्थित रेहको भारतिय दुतावासका कर्मचारी ३५ बर्षिय १ जना पुरुष कर्मचारी, नारायणी अस्पतालका १ जना पुरुष र १ जना महिला कर्मचारी रहेको मेसु उपाध्यायले बताए ।

त्यसैगरी वीरगन्ज बारुण नियणत्रका ३९ बर्षिय र ५० बर्षका २ जना पुरुष कर्मचारी, वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १६ बर्ष देखि ६८ बर्षका सम्मका ४६ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका १ जना पुरुष, पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ६ का ३२ बर्ष देखि ५० बर्षका ३ जना पुरुष,  पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ निवासी २२ बर्षका १ जना पुरुष, जिराभवानी गाँउपालिका वडा नम्बर २ निवासी २२ बर्षकी १ जना महिला,  पर्सा जिल्ला अमरपट्टी वडा नम्बर ४ निवासी २ जना महिला र १ जना पुरुष र पकहामैनपुरु गाँउपालिका निवासी २ जना पुरुष रहेको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी ३३ बर्षका १ जना पुरुष , बारा जिल्ला परवानीपुर ३ निवासी ३२ बर्षिय १ जना पुरुष, बारा जिल्ला फेटा गाँउपालिका ६ निवासी २२ बर्षका १ जना पुरुष र सर्लाही जिल्लाका ३६ बर्षका १ जना पुरुष रहको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब