बिश्वमा जति पनि क्रान्तिकारी र युगान्तकारी परिवर्तनहरु भए सबैमा युवाको भुमिका रहेको कुरालाई कसैले नकार्न सक्दैन।चाहे फ्रान्सेली क्रान्ति होस या अमेरिकी स्वतन्त्रता सङ्राम या भारतको अजादिको आन्दोलन या २००७ सालको राणा शासन बिरुधको आन्दोलन किन नहोस । हरेक क्रान्तिमा युवाले अग्रनी मोर्चा रहेर ठुला ठुला क्रान्ति सफल पारेका हुन । यति ठुला ठुला आन्दोलन हाकेका युवाहरु अहिले कसरी राजनैतिक प्रणालीको सिकार हुँदै गएको छ। युवाहरु उर्जावान हुनुको साथै इमानदार पनि भएकोले युवालाइ परिवर्तनको सम्बाहक मानिन्छ । तर त्यही युवा जब भ्रष्ट राजनीतिको सिकार हुन पुग्छ अनि देश र समाजको समृधीको पथ अबरुध हुन जान्छ।
आज नेपालको अवस्था यस्तै छ। ठुला ठुला आन्दोलनको सफल पश्चात् जब युवाहरु देशको बाग्डोर सम्हाल्न पुग्छ त्यति खेर युवाहरुको नैतिकता र इमानदारीताको असली परिक्षा सुरु हुन्छ। त्यो अवस्थामा युवाले देश र समाजप्रतीको जवाफदेहिता बिर्सियो भने देशले काचुली फेर्न सक्दैन। त्यही युवाहरु जब सत्ता र शक्ति आफ्नो ब्यक्ती हितको लागि उपयोग गर्न तिर लाग्छ । त्यतिखेर क्रान्तीबाट प्राप्त उप्लब्धी सन्स्थागत नहुनुको साथै देशलाई थप नया नया चुनौतिको सामना गर्नु पर्दो रहेछ। कतिपय अवस्थामा देशमा प्रतिक्रान्तीको अवस्था सिर्जना हुन पुग्दछ । २०४६ सालको जन आन्दोलन पश्चात् देशले नया सम्बिधान पाउँदा समृधिको बाटो खुलेको अपेक्षा नेपाली जन्ताले राखेकै हुन तर त्यो सपना निराशामा परिणत हुन समय लागेन । देशमा प्रजान्त्र सन्स्थागत हुन नपाउदै अर्को क्रान्तिको शुरूवात भएको यथार्थ हाम्रो सामु छदैछ । त्यसको पछाडिको कारण खोज्दा देशको हित र जन्ताको मुलभुत समस्याहरुलाइ प्राथमिकता दिनुको साटो ब्यक्तीवादी चरित्र , सत्ता र शक्तिको चलखेलमा राजनैतिक पार्टीको सन्लग्नता आदि इत्यादि देख्न सकिन्छ।
देशमा माओवादी जनयुधको शुरुवात हुदा अधिकान्स युवाहरु गरिबी , भोकमरी , बेरोजगारी , बेथिती र भ्रस्टाचारबाट देशलाइ मुक्त गर्न जन युधमा होमिन पुग्यो। देश परिवर्तनको सपना बोकेर जनयुद्धमा होमिएका मध्य १७००० युवाले आफ्नो ज्यानको आहुती समेत दिए ताकी देशको अवस्था एक दिन सुध्रिने छ। देशमा शिक्षा, स्वास्थ्य , रोजगारी , बिकास , शान्ती र सुशासनको सुनिश्चितता हुनेछ । माओवादी जनयुद्धले विभिन्न आरोह अबरोह र चुनौतिको सामना गरेर देशमा गणतन्त्रको स्थापना गर्न सफलता प्राप्त गरे । धेरै नया नेतृत्वहरु देशले पाए तर देशको काचुली फेर्ने सपना ज्युका त्यु रह्यो । जनताले परिवर्तनको अनुभुति पाउन सकेन।
हिजो राजनीति र कर्मचारीतन्त्रमा अवसर नपाएका युवाहरु अवसर त पाए तर ब्यक्तिगत स्वार्थ , सत्ता लिप्सा र भोग बिलासमै रुमलिए। यस्तोमा प्रश्न उठ्छ कि क्रान्ती र परिवर्तनका हिमायती मानिने युवाहरु किन फेरि भ्रस्टाचारमा रुमलिए ? युवाहरु किन देश र समाजको वास्तविक परिवर्तनको लागि आट, साहस र इच्छाशक्ति देखाउन सकेन ? यसको लागि कसलाइ जिम्मेवार मान्नेस् राजनैतिक प्रणाली, उदारवादि लोकतन्त्र, पुजीवादी अर्थतन्त्र या सामाजिक सन्स्कार ? राजनैतिक प्रणालीलाई दोश दिने हो पूंजीवादि अर्थतन्त्र तथा उदारवादी लोकतान्त्रिक शासन ब्यवस्था भएको मुलुक अमेरिका सन्सारकै शक्ति सम्पन्न देश मानिन्छ । समाजवादी शासन ब्यवस्थामा समस्या भएको भए जर्मनी र रसिया जस्ता युरोपियन युनियनका देशहरु आज शक्ति सम्पन्न र बिकसित देशको सुचिमा आउने थिएन।
साम्यवादी शासन ब्यवस्था र नियंत्रित अर्थब्यबस्थामा समस्या भएको भए आज चीन जस्ता मुलुकहरुमा आर्थिक सम्पन्नता आउने थिएन। त्यसैले कुनै शासन प्रणाली देश बिकासको बाटोमा अवरोध हैन । शासन ब्यवस्था जस्तो सुकै होस त्यसलाइ चलाउने ब्यक्तिमा देश र समाजलाई बदल्ने इच्छा र साहस देखिए देशको मुहार फेर्न समय लाग्दैन । दोस्रो बिश्वयुद्ध पश्चात् धेरै जसो मुलुकहरू औपनिबेशिक शासनबाट मुक्त भएर बिकासको मामिलामा धेरै ठूलो छलाङ लगाएको देखिन्छ तर खासगरी तेस्रो बिश्वका देशहरू अझै पनि राजनैतिक चलखेल , सत्तालिप्सा , भोगबिलास र परिवारवादमा अल्झिएर देश र जन्तालाई दिग्भ्रमित पार्दै राजनीतिलाई गरिखाने भाडो बनाएर लुट्नमा माहिर देखिन्छ। त्यसैको सिकार आजको युवा पुस्ता भएको यथार्थ हाम्रो सामु छ। जहाँ यस्तो अवस्था हुन्छ , त्यहाँ लोकतन्त्र , मानव अधिकार ,शान्ती, सुशासन , जनताको मौकिक अधिकार , शिक्षा , स्वास्थ्य, गरिबी र बेरोजगार जस्ता बिषयमा बहस र छलफलले प्राथमिकता पाउदैन। बहस हुन्छ त मात्र सत्ता प्राप्ती र भोट बैंकको राजनीति जस्ता बिषयले। त्यसैको लागि युवाहरूलाई सबैभन्दा बढी प्रयोग गरिन्छ।
युवाहरूलाई उपयोग गर्ने सबभन्दा उतम तरिका हो देशमा बेरोजगारी , अशिक्षा , गरिबी , हत्या हिंसा , असमानता , छाडातन्त्र, अराजकता र भ्रष्टाचार जस्ता कुराहरुलाई बढावा दिनु । जहाँ यो बिषयबस्तुले प्रमुखता पाउछ । त्यहाँको युवाहरुलाई बेरोजगार बनाएर सजिलै उप्योग गर्न सकिन्छ। आज युवाहरूको जोश जागर र उर्जालाइ करियर बनाउने भन्दा राजनिती र कमिशन खोरिमा तान्ने प्रयास गरिदैछ। देशको अर्थतन्त्र र समाजिक ब्यवस्थालाई यसरी तवाह गरेको छ कि इमानदार नागरिकको जन्म हुन मुश्किल छ। त्यसैको परिणामस्वरूप आज इमानदार युवा नेतृत्वको बिकास हुन सकेको देखिदैन। हरेक पार्टिमा आफुलाइ हनुमान वा भक्तको माध्यमले राजनीतिमा स्थापित हुने युवाको होडबाजी छ। यस्तो राजनैतिक संरचना निर्माण गरेको छ कि युवा या त दलाल बन्छ या भ्रष्ट राजनीतिकर्मी ।
देशमा न रोजगार छ न आत्म सम्मानपुर्वक बाच्न पाउने बाताबरण । त्यसैले आजको युवा सङ धेरै बिकल्प छैन। चाटुकारी वा हनुमान बनेर जुन युवाहरु राजनीतिमा मौका पाउछन । तिनिहरु पनि देशको मुलभुत समस्यामा अधारित भएर आफ्नो कुरा राख्न सक्दैन। तिनीहरु पनि त्यही भ्रष्टतन्त्रको एउटा हिस्सा बन्न पुग्दछ। देशमा शान्ति, सुब्यवस्था, सुशासन , शिक्षा, स्वास्थ्य , महङाइ नियन्त्रण जस्ता कुराहरुमा सरकारको ध्यान केन्दृत नभएको देख्दा कर्मचारितन्त्रमा अवसर पाएका युवाहरु पनि भ्रस्टाचार र कमिशनखोरिको चक्करमा लागेर आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न रातारात करोडपति बन्ने सपना देख्न लागेका छन। देशमा अवसर पाउन नसकेका कतिपय युवा बिदेशिन पुग्छ र बाकी युवाहरु आफ्नो परिवारिक जिम्मेवारी पूरा गर्न चोरी डकैती , तस्करी , स्मग्लिङ , चन्दा आतन्क , दलाली र कमिशनखोरी जस्ता कार्यहरुमा सन्लग्न हुन्छन। यदि यस्तै काममा युवसहरु सन्लग्न भए देशको बिकास कसरी सम्भव होला। सधै आफू र देशलाइ असुरक्षित राखेर कसरी बस्न सकिन्छ। देशमा सबैखाले असमानता, अन्याय, अत्याचार , बेथिति र कुरितीको बारेमा हामी नबोले । कसले बोल्ने ? हामी अहिले नबोले कहिले बोल्ने ? सन्सारमा हामी भन्दा कमजोर अर्थतन्त्र भएका देशहरु आज समृधिको बाटोमा लम्कीसक्यो। हामी कहिले सम्म भ्रष्ट राजनीतिको सिकार भएर गोटिको रुपमा उपयोग हुने ? हाम्रो समाज बनाउने जिम्मा अहिलेको युवा पुस्ताको हो।
देशलाई समृध बनाउनको लागि कुनै न कुनै पुस्ताले जोखिम लिएर पनि देशको हितमा उभ्नै पर्छ। त्यसैले आज देशलाइ अगाडि लिएर जाने युवा नेतृत्वको खाचो छ , न कि दलाल र भ्रष्ट युवाको। देशमा भैरहेको सबैखाले अन्याय र अत्याचारको बिरुधमा बोल्ने युवा नेतृत्वको खाचो छ। देशमा ब्याप्त भ्रष्टाचार र अनियमितताको बिरुध बोल्ने युवा नेतृत्वको खाचो छ। देशमा पार्टी , गुट उपगुट , जात , धर्म , भासा र क्षेत्रीयताको सोचबाट माथी उठेर देशको समृधिको सपना साकार पार्ने युवाको खाचो छ। यदि आजको युवा पुस्ताले यो जिम्मेवारी बहन गर्न सकेन भने आउने भावी पुस्ताले हामिलाई नै सराप्ने छ। जय देश जय युवा।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved