एसईईकाे नतिजा मंगलबारभित्र

  • साउन ३२, २०७७ | ५९८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले भोली वा पर्सिभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ ।

अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौ–स्रोतले न्युज अफ नेपाललाई भन्यो । बोर्डले सबै कर्मचारी र सदस्यलाई आइताबारको लागि तयारी हुन आग्रह गरेको छ–स्रोतले भन्यो । बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिको लागि सिसिएमसि मार्फत मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्री परिषदको बैठकले साधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय (एसइई) ले परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भनने विषयमा भन्न नसकिने बताउनुभयो । उच्चस्रोतका अनुसार मंगलबार भित्र परीक्षाफल प्रकाशित भैसक्नेछ ।

विद्यालयले प्रमाणित गरी पठाएको विवरण शिक्षा विकास तथा समन्वय इकाईले तयारी गरी पनिकामा पठाएको थियो । पनिकाले अंकलाई अक्षरांङक प्रणालीमा तयार गरेको छ । योवर्ष विद्यालयले गरेको अन्तिम मुल्याङकको आधारमा परीक्षाफल प्रकाशित हुनेछ । यो वर्ष ४ लाख ८५ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।

रोकथाम तथा ब्यवस्थापन समिति (सिसिएमसि) ले निर्देशन दिएपछि मात्रै एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थयो । बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकोले ढिलो भएको जनाएतापनि मुख्य विषय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन कुरेर बसेको थियो मन्त्रालयले समेत स्वीकृत दिएपछि परीक्षाफल प्रकाशित गर्न लागेको हो ।

तत्काल परीक्षाफल प्रकाशित गर्दा निजी विद्यालयले भर्ना खुला गर्ने र विद्यालयमा भीडहुने देखिएपछि बोर्डले तालुकदार अड्डा मन्त्रालय र मन्त्रालयले सिसिएमसिसंग सल्लाह लिएको थियो । बोर्डले सल्लाह अनुसार परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी
तत्काल परीक्षा अफ कोरोना संक्रमणको संख्या बढेसंगै यो वर्ष एसईईको बोर्डले साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।

सरकारले यो वर्षको एसईई विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मुल्याङकन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई ईकाईले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था गरेको थियो ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब