मालीमा सैनिक कू, राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा

  • भदौ ३, २०७७ | ३९१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मालीमा सैनिक ‘कू’ भएको छ । सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई हिरासतमा लिएर सत्ता हातमा लिएको छ ।

त्यसअघि राष्ट्रपति इब्राहिम बुबाकारले टेलिभिजन सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । साथै उनले संसद र सरकार भंग गरेको जानकारी पनि दिए ।

सम्बोधन गर्दै राष्ट्रपति बुबाकारले भनेका थिए, ‘म मेरो शासनकालमा रक्तपात होस् भन्ने चाहँदैन । यदि आज हाम्रो सशस्त्र बलका केही व्यक्तिले मेरो शासन अन्त्य गर्न चाहान्छन् भने मसँग अरु विकल्प के हुन्छ ?’

उनले टेलिभिजनमार्फत् सम्बोधन गरेको केही घण्टामै सेनाले राष्ट्रपति बुबाकार र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएको थियो ।

सेनाको यस विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिक एक सैनिक क्याम्पमा गोली चलेको आवाजसँगै सुरु भएको बताइएको छ । बामाकोभन्दा १५ किलोमिटर टाढा रहेको सैनिक क्याम्पमा असन्तुष्ट जुनियर अफिसरहरुले कमाण्डरहरुलाई हिरासतमा लिएका थिए । त्यसपछि उनीहरुले सैनिक क्याम्प कब्जा गरेका थिए । त्यसपछि युवा जमातले शहरका सरकारी भवनहरुमा आगजनी गरेका थिए । साथै राष्ट्रपतिको राजीनामा माग गर्दै उनीहरुले विरोध प्रदर्शन पनि गरे ।

मालीका सैनिकहरुमा जिहादी चरमपन्थीहरुसँग चल्दै आएको संघर्ष र आफ्नो तलब सुविधालाई लिएर लामो समयदेखि असन्तुष्टि छ ।

राष्ट्रपति बुबाकारले सन् २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए । तर उनको शासनकालमा भ्रष्टाचार र साम्प्रदायिक हिंसा बढेको भन्दै आलोचित बन्यो । यही कारण मालीमा केही महिनायता विरोध प्रदर्शन चर्किंदै गएको थियो ।

त्यसपछि रुढीवादी इमाम महमुद डिकोको नेतृत्वमा एक नयाँ विपक्षी गठबन्धनको उदय भएको छ । यो गठबन्धनले नयाँ सुधार र मिलीजुली सरकारको माग गर्दै आएको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब