लेबनानमा राती सुत्दैनन् मानिस, अचानक रुन्छन्ः मनोचिकित्सकले भने, ‘आफैं आहत छौं, सहयोग गर्ने कसरी ?’

  • भदौ ९, २०७७ | ५२२ पटक पढिएको | सीमा संदेश
alt

बेरुतमा बस्ने स्यान्ड्रा अबिनाडार थोरै मात्रै हलचल हुँदा पनि सतर्क हुन्छिन् । एक दिन उनी जार खोलिरहेकी थिइन् अचानक आवाज आयो, उनी डराएर जार छोडेर भागिन् । १८ वर्षकी स्यान्ड्रा हुन् वा २४ वर्षकी लुर्डेस फाखरी, आजकाल यस्तै मानसिक समस्यासँग जुधिरहेका छन् ।

लुईस त अचानक रुन थाल्छिन् । बेरुतमा लगभग दुई हप्ता अघि  बिस्फोट भएका् थियो तर मानिसहरु यसबाट बाहिर निस्कन सकेका छैनन् । तर स्यान्ड्रा व्यावसायिक मनोचिकित्सकको मद्दत लिन तयार छैनन् । उनले आफूहरुले समस्यासँग जुध्न सिकिसकेको बताउँदै कसैलाई केही नभनी सहनशक्ति विकसित भइसकेको जानकारी दिएकी छिन् ।

वास्तवमा यहाँका नागरिक लामो समयसम्म गृहयुद्ध र साम्प्रदायिक संघर्ष झेलिसकेका छन् । त्यसपछि कोरोना महामारी र बिस्फोटले उनीहरुलाई भित्रै देखि तोडेको छ । अब डाक्टरले पनि मानसिक स्वास्थ्यबारे चेतावनी दिइरहेका छन् किनभने मानिसहरुमा नराम्रो सपना देख्ने, अचानक रोइदिने, चिन्ता, रिस र थकानजस्ता मानसिक आघातको लक्षण देखापर्न थालेको छ ।

टिभी र सोसल मिडियामा बिस्फोटसँग जोडिएका तस्बिरले गहिरियो असरः

मनोचिकित्सकका अनुसार टिभी र सोसल मिडियामा बिस्फोटको तस्बिर पटक–पटक देखिँदा पनि दिमागमा नराम्रो असर परेको हो । मेन्टल हेल्थ एनजीओ एम्ब्रेससँग सम्बन्धित जैद दौका अनुसार मानिसहरु हताश भइसकेका छन्, जब उनीहरुलाई अब केही हुँदैन भन्ने लाग्छ तब थप खराब स्थिती पैदा हुने गर्छ ।

मनोचिकित्सक वार्डे डाहेर भन्छन्, ‘यो पेशासँग जोडिएका मानिसहरुले कुनै मुद्दामा कुरा गर्न अस्विकार गरेका छैनन् तर यो बिस्फोटपछि भन्नु परिरहेको छ कि अहिलेसम्म त हामी आफैं आहत भएका छौं, अरुको मद्दत कसरी गर्ने ?’

मनोचिकित्सक ओला खोदोरले मानिसहरुले यस्तो समस्या देखेका र भोगेका थिएनन् त्यसपछि उनीहरु आफ्नो र बच्चाहरुको मद्दत गर्न नसकिरहेको बताइएको छ । बच्चालाई पूरा त होइन तर वास्तविकता त बताउनै पर्यो । यति गरे उनीहरुले पनि आफ्नो भावना व्यक्त गर्न सिक्नेछन् ।

बालबालिकालाई सम्झाउन थप मुश्किलः मनोचिकित्सक

मनोचिकित्सकका अनुसार यो घटनापछि बालबालिकालाई सम्झाउन थप मुश्किल भइरहेको छ । आमा–बुवाले आफ्ना सन्तानलाई यो त एउटा खेलमात्रै भएको बताइरहेका छन् । जस्तै एक पिताले आफ्नो सन्तानलाई बिस्फोटबारे जानकारी दिए यो एक नक्कली बूम गेम थियो जसमा प्लेहाउसमा बिस्फोट भएको र खरायोले आफ्नो ज्यान बचाउनका लागि भाग्नु पर्यो । उता युनिसेफको सर्वेक्षण अनुसार बेरुतमा ५० प्रतिशत बालबालिकामा चिन्ताजनक लक्षण देखिएको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब