सिरहा क्याम्पसले पनि अनलाइन कक्षा सञ्चालन गर्ने

  • भदौ २१, २०७७ | १,२४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादब बहुमुखी क्याम्पस सिरहाले अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

क्याम्पस प्रमुख रामहित यादबले सूचना जारी गरेर अनलाइन कक्षा तयारी गर्नेबारे जानकारी दिएका हुन् । अनलाइन कक्षाका लागि सम्बद्ध विभागीय प्रमुख र सहायक क्याम्पस प्रमुखसँग सम्पर्क गरी आ–आफ्नो नाम, कक्षा रोल नम्बर, मोवाइल नम्बर उपलब्ध गराउन सुचना मार्फत विद्यार्थीसँग अपिल गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र डीनको कार्यालयद्वारा सञ्चालन हुने परीक्षणहरु २०७७ मंसिरदेखि सुरु गर्ने सोच बनाएको हुनाले हालको परिस्थितिमा अनलाईन कक्षा नै प्रमुख विकल्प देखिएको सूचनामा भनिएको छ ।

कोरोना भाइरसका कारण निषेधाज्ञा जारी भएकोले बन्द भएका विद्यालय तथा क्याम्पसहरु अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । केहि क्याम्पस र विद्यालय महिनौंदेखि अनलाइन कक्षा संचालन गरिसकेको छ ।

पछिल्लो समय सिरहा क्याम्पसले पनि अनलाइन कक्षा संचालन गर्ने तयारी गर्न लागेको छ । निषेधाज्ञा प्रशासनले जारी राखेमा परीक्षा पनि अनलाइन माध्यमबाटै लिनुपर्ने अवस्था आउन सक्ने प्राध्यापकहरु बताउँछन् ।

siraha-campus-20

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब