बलात्कारीलाई सार्वजनिक ठाउँमा गोली ठोक्नुपर्छ : मुख्यमन्त्री राउत

  • असोज २३, २०७७ | ४५६ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बलात्कारीलाई सार्वजनिक ठाउँमा गोली ठोक्नुपर्ने बताएका छन् ।

बलात्कार गर्नेलाई आजीवन कैद गरेर मात्र नहुने भन्दै उनले भने, ‘बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई मृत्युदण्ड दिनुपर्छ । म त भन्छु संविधान संशोधन गरी ठोली नै ठोक्ने कानुन बनाउनुपर्छ ।’

सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राउतले प्रश्न गरे, ‘सबैभन्दा ठूलो लोकतन्त्र र मानवअधिकारको वकालत गर्ने देश अमेरिकामा पनि मृत्युदण्ड दिने कानुन छ तर यहाँ किन हुन सक्दैन ?’ भारत, चीन, पाकिस्तानसहित धेरै लोकतान्त्रिक मुलुकले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाएको उनको भनाई छ ।

पछिल्लो समय बलात्कारको घटना ह्वात्तै बढेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् । उनले कडा किसिमको सजायँ भएमात्रै बलात्कारका घटना कम हुने बताए । गाउँघरमै पञ्चायती गरी बलात्कारीलाई उन्मुक्ति दिनु कदापि ठीक नभएको उनको तर्क छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब