नवराजपुर । सिरहाको दक्षिण वर्ती नवराजपुर गाउँपालिका चालू आर्थिक वर्ष २०७७/०७८ को चौँथो गाउँ सभाबाट अनुमोदित बित्तिय समानीकरण, राजस्व बाँडफाँड, आन्तरिक स्रोत, सर्शत अनुदान, जेष्ठ नागरिक दीर्घ सेवा समान र सामाजिक सुरक्षा बाहेकका शिर्षकबाट प्राप्त रु. ३१ कारोड ३३ लाख ६० हजार ६ सय ७० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । असोज २० गते गाउँ सभा सम्पन गरि सकेको गाउँपालिकाले कोरोना महामारीका कारण आज बजेट सार्वजनिक गरेको हो ।
व्यय अनुदान तर्फ चालू खर्च रु. ११ करोड ५६ लाख ८३ हजार ६ सय ७०, शसर्त अनुदान तर्फ रु. ११ करोड २८ लाख र पूजीँगत खर्च तर्फ रु. ८ करोड ४८ लाख ७७ हजार बिनियोजन गरिएको छ ।
चालू आर्थिक वर्षमा कृषि जन्य तथा पर्यटनलाई क्षेत्रलाई प्रमुख प्राथमिकता राखि बजेट ल्याईएको गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादब बजेट प्रस्तुतिकरणसँगै बताउनु भयो । उपलब्ध स्रोत साधनलाई अधिक रुपमा प्रयोग गरी स्वास्थ्य, शिक्षा र भौतिक निर्माणलाई प्राथमिकताकारण अनुसार कार्य गरिने छ । सुशासन कायमसँगै गाउँपालिका वासीलाई स्थानिय सरकारको अनुभुती गराउँदै समृद्धि हासिल गर्ने उदेश्य तर्फ केन्द्रित रहने अध्यक्ष यादबले प्रतिवद्धता गर्नु भयो ।
त्यस्तै गत आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाले कुल प्राप्त आय रु. २६ करोड ६९ लाख, ८७ हजार ७ सय ३५ बाट कुल रु.२४ करोड ७५ लाख २७ हजार ८ सय २ रुपैयाँ खर्च गरिएको विवरण पनि सार्वजनिक गरेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved