चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन

  • कार्तिक ७, २०७७ | ७७५ पटक पढिएको | सीमा संदेश
alt

पर्सा ।  पर्साको विन्दवासिनीमा बिहीबार झडपमा घाइते भएका मुकेश चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । नेकपाकै दुई समूहबीच बिहीबार विन्दवासिनीमा भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको शुक्रबार पानीट्यांकीस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

उनको मृत्युको विरोधमा नेकपाको एक समूह र उनका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा पूर्वमन्त्री तथा नेकपा नेता मातृका यादव पनि सहभागी भएका थिए ।

उनीहरुले चौरसियाको मृत्युको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरु चौरसियाको हत्यामा भएको भन्दै केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिन संलग्न जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको उनीहरुको आरोप छ ।

नेकपा पर्सा जिल्ला कमिटीले पनि चौरसियाको मृत्यु भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा बिन्दवासिनी गाउँपालिका कमिटी सचिव तथा जिल्ला सदस्य समेत रहेका मुकेश चौरसियाको हत्यामा सँलग्न रहेकाहरुलाई कारवाही गर्न माग गरेको हो ।

नेकपा पर्सा जिल्ला ईञ्चार्ज रामचन्द्र साह, अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतोद्वारा हस्ताक्षरित बिज्ञप्तिमार्फत चौरसियालाई शहीद घोषणा गर्न, झडपमा परी घाइते भएकाहरुको निशुल्क उपचार र क्षतिपूर्ति दिन माग गरिएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब