सबल नेपालद्धारा सिरहा नगरपालिकामा एक दिने कार्यशाला सम्पन्न

  • पुस ४, २०७७ | १,२७४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकामा शुक्रबार बि.एम. जेड, भि.सी.ए. र डबलु.एच.एच. को सहयोगमा संचालित वास परियोजना अन्तर्गत सम्पादन गरेको क्रियाकलाप र अगामी योजनाका लागि एक दिने प्रगति समिक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा खानेपानी सरसफाईको परियोजना अन्तर्गत सामुदायि स्तरमा सम्पादन गरिएको क्रियाकलापहरुका उपलब्धि बारे केशबराज पन्तले सलाईट प्रस्तुत गरी सरोकारवालाहरु लाई जानकारी गराएका थिए । खानेपानीको गुणस्तरिय जाँच , घरायसी तहमा पोषण प्रबद्धन , महिनावारी स्वच्छता व्यबस्थापन तथा प्रबर्दन लगायतका कृयाकलापमा संस्थाले समुदाय स्तरमा कार्यक्रमहरु संचालन गरेको समेत जानकारी गराएका थिए ।

 २०१८ देखी २०२१ सम्मका लागी सो कार्यक्रम सिरहा जिल्लाका तिन स्थानियतह कल्याणपुर नगरपालिका , सिरहा नगरपालिका र कर्जन्हा नगरपालिका संचालनमा रहेको सबल नेपालका पोषण प्रमुख संतोष भण्डारी बताए । उहाँले पोषण , खानेपानी सरसफाई लगायत बल्टीया प्रोजेक्ट कार्यक्षेत्रभित्र संचालमा रहेको बताएका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख असेश्वर प्रसाद यादब, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब, स्वास्थ्य शाखा प्रमुख विन्देश्वर यादब, २२ वाडा अध्यक्ष लगायत डब्लु .एच.एचका परियोजना संयोजक पदम लम्साल , प्राविधिक अफिसर कमल चापागाँई , एमएनईका निरज गिरी, नगरपालिका भित्रका बिभिन्न सहाकारी संस्थाका प्रतिनिधि , स्वयम् सेविका , स्कुलका शिक्षक प्रधानाध्यापक , स्वास्थ्यचौकिका ईन्चार्ज लगायतको सहभागिता रहेको थियो । 

सिरहा नगरपाकिलाको समन्वमा संचालन भएको एक दिने कार्यशालामा बिभिन्न बक्ताहरुले नगरपालिकाका वडा नम्बर १ देखी २२ सम्म सबल नेपालले समुदायस्तरमा प्रभावकारी कार्यहरु संचालन गरेको बताए । नगरपालिकाले सबलनेपालले गरेका कार्यहरु प्रसंनिय रहेको बताएका थिए ।

त्यस्तै कार्यशालबाटै सन् २०२१ का लागि सम्पादन गर्नु पर्ने क्रियाकलपहरु बारे छलफल गरी अगामी योजना पनि निर्धारण गर्नु भयो । योजना कार्यन्वयनका लागि सरोकारवालाहरुसँग छलफल गरी रणनीति पनि तयार गर्ने संस्थाका प्रतिनिधिले बताए  ।

प्रमुख प्रशाकीय अधिकृत माग गर्दै नगरपालिकामा तालाब

गत ४५ दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा नगरपाल ...

प्रतिबद्धता मूल्य घटाउने, व्यवहारमा भने बढेको बढेक

चामल उद्योगीहरूले १४ दिनपहिले नै सरकारसमक्ष चामलको मूल् ...

सिरहाबाट साढे १६ लाख बराबरको अवैध सामान बरामद

सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरील ...

असोज १३ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १३ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब