सिरहा । सिरहा नगरपालिकाद्धारा स्थानीय तह राजस्व एवं सम्पति कर व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्याक्रमको सम्पान सत्रमा भने, कर बिना सरकार संचालन गर्न सकिदैन । स्थानीय सरकारले ध्यान पूर्वक कर व्यवस्थापनमा लाग्नु पर्छ । संघ र प्रदेश सरकारले स्थानीय सरकारले दिनु पर्ने अनुदान घटाउँदै लगिरहेको छ । अबको दिनमा स्थानीय सरकारले सम्पति कर लगायतका सम्पूर्ण करहरु कानून सम्वद्ध रुपमा कायन्वयन गर्नु पर्छ ।
सिरहा नगरपालिका १ देखि २२ वडामा आजै देखि कर संकलन प्रक्रियालाई गति दिनु पर्छ । तालिमले कर शिर्षक लगायत कानूनी प्रक्रियालाई स्पष्ट भएकोले वडाले सम्पति कर लगायत नगर सभाबाट तोकिएको करहरु संकलनमा जोड दिनु पर्छ । मासिक रुपमा संकलन गरिएको कर नगरपालिकामा मसिक रुपमा बुझाई करलाई सामानुपातिक वितरण प्रक्रियालाई बलियो बनाउनु पर्छ । कर संकलनमा गति बढायो भने करको सवालमा अझ स्पष्ट हुन नसकेको विषयहरुका लागि यस्ता तालिम कार्याक्रम निरन्तर रुपमा गर्ने प्रतिवद्धता पनि यादबले गर्नु भयो ।
स्थानीय सरकारमा प्रवाह भइरहेको सेवाका विषयमा भएको विभिन्न समस्याका सवालमा जिल्ला प्रशासन कार्यालय अन्तरक्रिया गरी सामाधानका लागि पहल गर्ने जिल्ला अधिकारी प्रदिपराज कडेंलले बताउनु भयो । करका स्रातो स्थानीय तहका सरकारमा धेरै रहेकोले पहिचान गरी कर संकलनका लागि जनप्रतिनिधि प्रतिवद्ध हुनु पर्नेमा कडेंलले जोड दिनु भयो ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved