सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट भएको छ ।
विष्फोटमा परी करिब आधा दर्जन सर्वसाधारणा घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दिउँसो करिब १२ ः ४० बजे बम विष्फोट भएको हो ।
विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटनास्थल पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved