सिरहा । सामाजिक विकृतीको अन्त्य र लागू पदार्थ दुरव्यशनमा फसेकालाई नयाँ जिवनका सुरुवत गर्ने लक्ष्यका साथ सिरहा नगरपालिका वडा नं. १५ मा आयोजित श्रीमद् भागवत कथा ज्ञान महायज्ञ विधिवत सम्पन् भएको छ ।
२ हजार ५ सय भन्दा बढी कलश स्थापना गरी सुरु भएको यज्ञमा १ लाख भन्द बढी मानिसले श्रीमद् भागवत कथा स्रवण गरेका छन् । रु. १२ लाख भन्दा बढीको लगानीमा महायज्ञ सम्पन् भएको समितिका एक सदस्यले बताउनु भयो । यज्ञमा लागेको खर्च उठन नसकेपनि गाउँका विभिन्न वेथितीहरु यस महायज्ञको ज्ञानले सुधार हुने गा्रमवासीको विश्वास रहेका छन् ।
सामाजिमा रहेका विभिन्न विकृतीहरु यस यज्ञबाट प्राप्त भएको ज्ञानले न्यूनीकरण हुने र मानिसहरुमा धार्मिक मार्गलाई अवलम्बन गर्ने ज्ञान सबैलाई भएका छन । यसले सामाज शान्ति र धर्म संरक्षण गर्ने बारे ज्ञान जागृत भएको सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो ।
आठ दिन चलेको यज्ञमा श्रीमद् भावगत कथा विदुषी सुश्री मैत्रेयी भारतीले वाच गरेका थिइन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved