सवा करोडको डाइभर्सन कमला नदीमा पानीले बगाए

  • असार ८, २०८३ | ६७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन आइतवार पानीको बहावसँगै बगेपछि आवात जावत पूर्ण रूपमा बन्द भएको छ ।

गएरातिको वर्षापछि डाइभर्सनको ठूलो भाग थप भासिएपछि बिहानदेखि सवार ीसाधनको आवागमन ठप्प भएको हो । सिरहाको बसबिट्टा क्षेत्रतर्फ निर्माण गरिएको करिब एक करोड २५ लाख रुपैयाँ लागतको तारजाली र माटोयुक्त अस्थायी डाइभर्सन केही महिनाअघि मात्रै सञ्चालनमा ल्याइएको थियो । तर, निरन्तरको वर्षा र कमला नदीको बहाव बढेसँगै संरचना कमजोर भई आज बिहानदेखि पूर्ण रूपमा प्रयोगविहीन बनेको स्थानीयले बताएका छन् ।

स्थानीयवासीका अनुसार बिहानैदेखि सवारीसाधन डाइभर्सन पार गर्न नसक्ने भएपछि सिरहा–धनुषा आवागमन पूर्ण रूपमा प्रभावित भएको छ । केही मोटरसाइकल चालकले जोखिम मोलेर आवतजावत गर्ने प्रयास गरे पनि पछि रोकिएको छ भने सर्वसाधारण डुङ्गाको भरमा नदी पार गर्न बाध्य भएका छन् । सिरहा नगरपालिका–५ स्थित बसबिट्टा घाटमा अहिले डुंगार्फत यात्रु ओसारपसार भइरहेको छ । वडाध्यक्ष इन्द्रजित यादवका अनुसार यात्रुहरूले नदी पार गर्न प्रतिव्यक्ति १५० रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको छ

। यसैबीच, कमला नदीमाथि निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र अवस्थामा छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुलको ठेक्का २०६८ सालमै सम्झौता भए पनि पटकपटक म्याद थपिँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । बाढी र प्राविधिक समस्याका कारण पटकपटक क्षति पुगेपछि परियोजना अझै अधुरै रहेको छ ।

स्थानीयवासीहरूले वर्षेनी दोहोरिने यातायात अवरोध अन्त्य गर्न दीर्घकालीन समाधानस्वरूप पुल निर्माणलाई शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब