खेतमा काम गरिरहेका मजदुरको मृत्यु

  • असार ७, २०८३ | ८४ पटक पढिएको | सीमा संदेश
alt

लहान। सिरहाको लहान नगरपालिका–२४ मा खेतमा काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–१४ का ५८ वर्षीय फागु सदा रहेका छन् ।

शनिबार साँझ करिब पौने ७ बजे स्थानीय देवु यादवको खेतबारीमा एक व्यक्ति मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे अनुसन्धान गर्दा फागु सदा खेतमा काम गर्ने क्रममा अचानक लडेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिए ।

त्यसपछि उनको त्यही मृत्यु भएको उनले बताए । प्रारम्भिक अनुसन्धानमा उनी छारे रोगका बिरामी रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धानका गरिरहेको बताएको छ । मृत्युको यथार्थ कारण थप अनुसन्धानपछि खुल्ने प्रहरीले प्रतिक्रिया दिएको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब