सिराहा पुस्तकालयको ७१औँ वार्षिकोत्सव सम्पन्न

  • असार ७, २०८३ | ३५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा पुस्तकालयले आफ्नो ७१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। वि.सं २०१२ सालमा स्थापना भएको सिराहा सदरमुकामस्थित सिराहा पुस्तकालयले वार्षिकोत्सवको अवसरमा सिराहाको गोलबजार नगरपालिका–३ मा रहेको पुस्तकालयको जग्गामा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह, गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठलगायतको सहभागितामा २५ वटा आँपका बिरुवा रोपिएका छन्।
वार्षिकोत्सवको अवसरमा सिराहा जिल्लाका एक युवा पत्रकारलाई नगदसहित सम्मान गरिएको छ।

सिराहा पुस्तकालयका अध्यक्ष सुरेन्द्रकुमार कामतीका अनुसार वार्षिकोत्सवकै अवसरमा पुस्तकालयलाई निःशुल्क पत्रिका उपलब्ध गराउँदै आएका स्थानीय पत्रिका सीमा सन्देश दैनिक, अपन दैनिक, हुँकालोली दैनिक का प्रकाशकलाई कदरपत्र प्रदान गरिएको छ। साथै, सिराहा पुस्तकालयको वेबसाइटको पनि अनावरण गरिएको छ।

निष्पक्ष, दृढ र समाजप्रति जवाफदेही पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने ‘सक्रिय युवा पत्रकारिता पुरस्कार’ अन्तर्गत अनलाइनखबरका सिराहा संवाददाता सुरेशकुमार रायलाई सम्मान गरिएको हो। उनलाई मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री सिंहले नगद रु. ५,१००, सम्मानपत्र तथा दोसल्लाले सम्मान गरेका छन्।

समारोहमा प्रदेश सांसद संजयकुमार यादव, सिराहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादव, प्रहरी उपरीक्षक वासुदेव पाठकलगायतले पुस्तकालयलाई डिजिटलाइज गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा संस्कृतिमन्त्री सिंहले पुस्तकालयको महत्व उच्च रहेको उल्लेख गर्दै देशका पुराना पुस्तकालयमध्ये एक सिराहा पुस्तकालयलाई प्रदेशस्तरीय पुस्तकालयका रूपमा विकास गर्न आवश्यक पहल गर्ने बताए। उनले मधेश प्रदेशको शैक्षिकस्तर उकास्न पुस्तकालयहरूको महत्त्वपूर्ण भूमिका रहने भएकाले प्रदेश सरकारले यस सम्बन्धमा थप गृहकार्य गरी आवश्यक नीति अवलम्बन गर्ने पनि बताए।

वार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब