सिरहा । सिरहा नगरपालिकाले हाल सम्म ७५ प्रतिशत कार्याक्रम कार्यन्वयन गरि सकेको छ । तराई मधेशमा सडक संरचना विकास गर्न सब भन्द समस्याको कार्य हो । नेपाल सरकारको मापदण्ड अनुसारको विकास निर्माणलाई निरन्तरता दिन झन् समस्या तथा चुनौती हुने गर्दछ । देश लोकतान्त्रि गणतन्त्रमा गएपनि स्थानीय नेताका मुल मुदा नै विकास भएपनि सहज विकासका लागि कुनै पनि नेता तयार भएको देखिदैन् । सिरहाको सबै स्थानीय तहमा सडक संरचना विकासमा विभिन्न किसिमका विवाद हुने गरको देखिन्छ ।
सिरहा नगरपालिकामा शहरी विकास परियोजना देखि नगरपालिका अन्तर्गतका सडक निर्माण योजनामा पनि विभिन्न किसिमका विवाद भईरहेको छ । तर विवादहरुलाई सामाधान गर्दै विकास कार्यलाई तिव्र गतिमा कार्य गर्न गराउन कुशलता पूर्वक सफलता नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबलाई प्राप्त भईरहेको छ ।
सिरहा नगरपालिकाको सडक संरचना विकास गर्न मुलतः सडक नेपाल सरकारको मापदण्ड अनुसार फार्किलो बनाउनु नै हो । यसका लागि विभिन्न पार्टिका नेता तथा कार्यकर्ताहरुका एकसनका कारण विवाद हुने गर्दछ । बाटोघाटो मिची घर निर्माण गरेको भौतिक संरचनालाई हटाउन सब भन्द बढी चुनौती भईरहेको प्रशासकीय प्रमुख यादबले बताउनु भयो ।
मधेशमा सडक संरचना विकास नभए सम्म गा्रमिण क्षेत्रका अन्य विकास सम्भव देखिदैन् । विकासका आधारभुतलाई पुरा गर्न सडक संरचना विकास गर्न प्राथमिकतामा नगरपालिकाले लिईको छ । कम्तिमा सिरहा नगरपालिका भित्रका २२ वडाका जनतालाई नगरपालिका कार्यालयसँग जोडने प्रमुख लक्ष्यका साथ कार्य भईरहेको छ । तर यस्त ा विषयमा विवाद हुनु चिन्ताको विषय हो ।
म स्थानीय कर्मचारी भएकोले भोलीका दिनमा यहाँका जनताले तपाईले आफ्नो गाउँका लागि के गर्नु भयो भने, प्रश्नका उतरका लागि पनि दिन रात नगरपालिकामा कार्य गरि विभिन्न योजनालाई उत्कृष्ट रुपमा कार्यन्वयन गराउन लागि रहेको छु । नगरपालिका वडा नं. ६ मा पनि सडक संरचना विस्ताकै विवाद हो ।
नगरवासीलाई चित बुझाउन गाउँकै सम्पूणै सार्वजनिक जग्गा र नीजि जग्गा नापी गरी विकासलाई पूर्णता दिन मेहनत गर्दैछौँ । नगरवासी खुशी भएका छन । नापी भएसँगै सार्वजनिक जग्गा संरक्षणमा पनि कार्य गर्ने र यहाँक सडक संरचना पनि विस्तर गरी नगरवासीलाई सुविधा युक्त सडक निर्माण हुने यादबले बताउनु भयो ।
नगरपालिकाको अन्य वडाहरुमा पनि यस्ता विवाद भएको थियो । तर प्रशासकीय प्रमुखको कार्यकुशलताका कारण सामाधान भई विकास भएको छ । हामी ६ नम्वर वडावासी पनि सकारात्मक रुपमा प्रशासकीय प्रमुखको भुमिकालाई लिइ सकड निर्माणसँगै अन्य विकास पनि हुने विश्वास रहको वडाअध्यक्ष विजय कुमार यादबले बताउनु भयो ।
यदि नगरवासी प्रशासकीय प्रमुख नभएको भए यस्ता विवाद योजना अलपत्र हुन्थ्यो । नगरवासी भएको कारण विकासका कार्यमा आएको विवाद सहज सामाधन भईरहेको छ । सिरहा नगरपालिकामा विकासको लहर ल्याउन वर्तमान प्रशासकीय प्रमुखको अनुभव तथा कार्य दक्षता रहेको छ । सबै पार्टिका नेतृत्व कर्ताले प्रमुखलाई हृद्यबाट सहयोग गरे सिरहा नगरपालिकाको विकास आरु ठाउँका लागि उदाहरण बन्ने वडाअध्यक्ष यादबले बताउनु भयो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved