शिक्षकको सरुवामा प्रशासनको ध्यानाकर्षण

  • वैशाख १३, २०७८ | १,०८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । लहान नगरपालिकाले शिक्षकको सरुवा कानून बिपरीत गरेको ठहर शिक्षकका पेसागत संस्थाहरुले गरेको छ ।  शिक्षकका पेसागत सुरक्षा र बिकासका लागि काम गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन ,पालिका स्तरीय समिति लहान लगायतका संस्थाले लहान  नगरपालिकाले शिक्षा ऐन २०२८ तथा नियमावली बिपरीत सरुवा गरेको भन्दै आइतवार जिल्ला प्रशासन कार्यालय, सिरहामा ज्ञापन–पत्र बुझाएका छन । शिक्षकलाइ  राजनितिक प्रतिशोध का कारण सरुवा गरि हतोत्साहित गर्न खोजेको शिक्षकहरुले प्रशासनलाइ बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

प्रशासनद्वारा प्रतिबेदन मांग

शिक्षकको ज्ञापनपत्र बुझ्दै सिरहा प्रशासनले ,सरुवामा के भएको हो ? सो सम्वन्धमा बुझी प्रतिवेदन पेस गर्न शिक्षा विकास तथा समन्वय इकाइ ,सिरहालाइ   परिपत्र गरेको हो । लहान नगरपालिकाले पहिलो चरणमा १३ दोस्रो चरणमा ७० तेस्रो चरणमा ५ जना राहत शिक्षक चौथो चरणमा २७ जना र पांचौ चरणमा १७ जना गरि १ सय ३२ जना शिक्षकको सरुवा शिक्षा ऐन बिपरित रहे न रहेको बुझी प्रयिबेदन पेस गर्न परिपत्र गरेको हो ।

आन्दोलनको चेतावनी 

 कानून बिपरितका शिक्षक सरुवा नसच्याए आफुहरु आन्दोलनमा जाने चेतावनी शिक्षकका नेताहरुले दिएका छन । संयुक्तरूपमा सिरहा प्रशासनलाइ ज्ञापनपत्र बुझाएका नेपाल राष्ट्रिय शिक्षक संगठन लहानकी उपाध्यक्ष मीना कार्की ,नेपाल शिक्षक संघ ,लहानका अध्यक्ष अरविन्द कुमार दास ,एकीकृत अ ने शि संघ लहानका नेपाली साह र संघिय समाजवादी शिक्षक फोरम लहानका उपाध्यक्ष ओमप्रकाश महतोले ७ दिन भित्र शिक्षकको सरुवा बदर न गरे आफुहरु चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब