माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

  • जेठ ८, २०७८ | ६१७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई प्रधानमत्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्‍याउन हस्ताक्षर गरेका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए ।

तर ११ जनालाई मात्र स्पष्टीकरण सोधिएको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पर्सि विहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ ।

कस्तो स्पष्टीकरण आउँछ, त्यसमा आधारित भएर पार्टीले थप निर्णय उनले बताए ।

२६ जनामध्ये अरु चाहिँ मुलधारमा फर्किनु भएको हो भन्ने प्रश्नमा एमाले प्रवक्ता ज्ञवालीले भने ‘उहाँहरुमध्ये कतिले मैले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ । कतिययले माधवकुमार नेपालले मलाई प्रधानमन्त्री बन्ने वातावरण बन्यो, त्यसका लागि समर्थन गर्नुस् भनेकाले मात्र हस्ताक्षर गरेका हौं । शेरबहादुर देउवालाई हाम्रो समर्थन छैन भनेर प्रतिक्रिया दिनु भएको छ । उहाँहरुसँग छुट्टै कुरा गर्छौं ।’

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब