प्रभाकरको प्रस्ताव– विपक्षी गठबन्धनको बैठक बसेर नयाँ प्रधानमन्त्री चुनौं

  • जेठ ९, २०७८ | १,००३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । संसद विघटनको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरुले कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेका छन् । तर यही बीचमा सोही गठबन्धनका एक नेताले भने सरकारको विपक्षमा रहेका सांसदहरु मात्रै बैठक बसेर नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् ।

यस्तो प्रस्ताव गर्ने नेता हुन् नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) । ‘सभामुखले बैठक बोलाउने । त्यही बैठकबाट नयाँ प्रधानमन्त्री चुन्ने र सरकार चलाउने मेरो प्रस्ताव छ,’ उनले भने, ‘संविधान मिच्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई जस्ताकोतस्तै जवाफ दिन यही उपयुक्त हुन्छ ।’

यो प्रस्ताव आफूले दलका शीर्ष नेताहरु समक्ष राखिसकेको पनि उनले बताए । ‘राजनीतिक रुपमा जवाफ दिने हो भने यस्तै गर्नुपर्छ भनेको छु, तर नेताहरुले मेरो कुरा सुनेका छैनन्,’ उनले भने ।

गलत हुन्छ : बिडारी

सभामुख अग्नि सापकोटाले संसद विघटनको विरोध गरेकाले विपक्षीहरुले उनको साथ पाउनेमा शंका छैन । तर यो संविधानको अनुकूल हुँदैन । संविधानमा सरकार गठनको प्रक्रिया धारा ७६ मा र संसद बैठक आह्वान र अन्त्यको व्यवस्था धारा ९३ मा स्पष्ट रुपमा लेखिएको छ ।

त्यसैले संवैधानिक कानुनका जानकारसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारी संविधानको व्यवस्था विपरीत जानु गलत हुने बताउँछन् । ‘राष्ट्रपतिले र प्रधानमन्त्रीले संविधान मानेनन् भन्दैमा हामीले पनि किन मान्नु पर्यो भनेर जाने हो भने देशमा थप अराजक स्थिति सिर्जना हुन्छ ।’

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब