२०७८ वैशाष १० गते अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ! नेपालका पुराना पुस्तकालयहरु मध्ये एक सिरहा पुस्तकालयमा यो दिवस मनाउने तय भएको थियो । म विराटनगरमा थिएँ, त्यसैले सम्पूर्ण तयारीको जिम्मा व्यवस्थापन समितिका अध्यक्ष अरुण पासवानले लिए । म केवल प्रमुखवक्ताको रुपमा जनकपुरका साहित्यकार तथा राजनीतिक विश्लेषक रोशन जनकपुरीसँगै केही सचेत साथीहरुलाई फोनबाट निम्त्याएँ । हुलाकी सडक भएर जनकपुरबाट सिरहा जम्मा २५ कि.मि.मात्र रहेकोले इन्द्रदेव गुवारको सहयोगमा प्रमुखवक्तालाई सिरहा पुग्न समय लागेन । कार्यक्रम भव्यरुपमा सफल भयो । पाहुनाहरुलाई खानाखुवाउँदा सम्म सिरहाबाट जनकपुरको लागि सबै बस हिडिसकेकोले चुहर्वा पुग्नुवाहेक अर्को विकल्प रहेन । भर्खरै मधेसको सामाजिक रुपान्तरणमा विद्यावारिधि (पिएचडि) गरेका गोलवजार नपाका डा. जयनारायण यादवको कारमा हामी चुहर्वा पुग्यौं, जहाँबाट रोशन जनकपुरीले जनकपुरको बाटो लागे ।
त्यसै दिन रात्रिलग्नमा प्राध्यापक चन्देश्वर प्र. यादवकी (ठेंगही) छोरी डा. ज्यातिको विहे भएकोले हामी सपरिवार लहान पुग्यौं । शिखा किरण, धीरज भट्टराई र श्रद्धासंगै म पनिविहेमा औपचारिकता निर्वाह गर्दै राति ११ बजेतिर आ अफ्ना गन्तब्यतिर लागे । सारथी डा. जयनारायण यादवसँगै लगातार तीन दिन सम्म उनको गाडीमा सिरहा घुमे । वैशाष १३ गते विपिके आइ एच धरानका भूपू उपकूलपति डा. विपिदासकी छोरीको विहेमा धरान तिर लागे, तर पुगे विराटनगर घर । विराटनगर पुग्दासम्म करोना कोभिड—१९ को त्रास मेरो घरलाई छोई सकेको रहेछ । त्यसैले कुन ैपनि हालतमा मलाई धरान जान दिइएन । म न यता न उता, किंग कर्तब्यविमुढ भएँ ।
त्यसको तीन दिन पश्चात् जो खबर सुने त्यसले होसहवास उडाई दियो । चैनसंग वस्न सकिरहेको थिइन । आँखाबाट निद्रा हरायो । घडी घडी म लक्ष्मीको नजिक जान्थे र उसको मुख हेरेर फर्किन्थे । एक पटक त उसले सोधिपनिहालिन के भयो किन यसरी बारम्बार मलाई घुर्नु हुन्छ ? म अब्बाकभएँ । केही पनि भनिन । मनमनै सोचे केही भन्यो भने यसले झन् त्रास फैलाउँछ । त्यसैले चुपलाग्नु नै वेस !
उता फेस बूक खोलेर बारम्बार रोशन जनकपुरीको अवस्था हेर्थे । उनी चाहिँ साहित्यिक पारामा आफू पनि यसै जुनीका एक सदस्य भएकोले कोरोना लागेको सगर्वखबर सबैलाई सम्प्रेषण गरिरहेका थिए । सँगसगै कार्यक्रममा लगातार तीन घण्टा बसेको र सिरहाको रिमझिमहोटलमा आमने सामने बसेर खाना खाएर एउटै गाडीमा चोहर्वा सम्म पुगेको दृश्य विस्मृत नै हुन सकिरहेका थिएन । आखिर यति नजिक भएर सबै थोक सम्पादन गरेकोले पक्कै पनि जिउँमा कोरोना पसिसकेको मेरो निष्कर्ष थियो । त्यसैले म र लक्ष्मी दुई दिन पछि सुत्ने ठाउँ फेरे र घरमा पनि मास्क लगाउन थाले ।
त्यही दिन कान्छी श्रद्धाले भनिन् ‘ बुवा डा. हिरालाई कोरोना लाग्यो ।’ म आकाशबाट खसै झै भएँ । परिवारमा सबै चिन्तित भयो । जसको परिवारमा कोरोना रुपी चिन्ताले छोई सकेको अवस्थामा डा. हिराको खवर सुनेर दशहत उत्पन्न भयो । किनकि डा. ज्यातिको विहेमा हाम्रो सम्पूर्ण परिवारले घण्टौ एकै ठाउँमा बसेर डा. हिरासंग रमाइलो गरेको थियो । यो कुराले इनर्वामा रहेकी शिखा पनि त्यतिकै चिन्तित भइन् । यता हाम्रो परिवारको अवस्था अत्यन्तै भयावह थियो । अलि कति पनि खोकी लाग्यो कि कोरोनाको आशंका ! टाउको दुख्यो कि कोरोनाको कहर ! पेट दुख्यो कि कोरोनाको त्रास ! जस्ता शंक ैशंका बीचमा दिन व्यतित गरिरहँदा खवर आयो कि डा. जयनारायण यादव पोजिटिभ भए रे ! ज्वरोले डा. यादवलाई तीन दिन देखि तवाह गरेको छ भन्ने समाचारले त जिउँझसंग भयो । किनकी लगातार तीन दिन सम्म डा. जयनारायणसंग म सिरहाको सयर गरेको थिएँ । यो खवरले हाम्रो परिवारको अवस्थालाई कहाँ पु्र्याएको होला भन्ने अनुमान गर्न सकिन्छ । म फेरि लक्ष्मीनिर गएँ । उसको अनुहार हेरे र केही समस्या त भएको छैन भन्ने सोधे । किनकि हाम्रो परिवारले भ्याक्सीन लिने अवस्था रहेन ।
यसरी हामी त्रासमा दिन विताइरहेका थियौं । त्यतिकै बेला धनुषाबाट इन्द्रदेव गुवारको फोन आयो । यिनी त्यही व्यक्ति हुन जसले रोशनजनकपुरीलाई मोटरसाइकलमा सिरहाल्याई पुर्याएका थिए । इन्द्रदेव गुवारले मधुर भाषामा भन्छन् ‘सर मलाई ज्वरो आयो ।’ भयो निबर्वाद ! अव के रह्यो र ! यसले त हामीले कहाँ पुर्याएहोला सोच्न सकिन्छ । वहा रे कोरोना ! तिमीले ल्याएको त्रासले घर परिवार कसरी त्रसित जीवन व्यतित गरिरहेका छन भन्ने कुराको ज्वलन्त प्रमाण म आफै थिए ।
म यति भय भित र त्रसित हुनुको प्रमुख कारण मेरो पारिवारिक अवस्था हो । मेरो जीवन साथी लक्ष्मी अधिकारी मुटुका दीर्घ रोगी हुन् जसलाई वाइ पास सर्जरी भएको छ । मुटुको तीन भाल्भ मध्ये एउटा कृत्रिम पितलको भाल्भ लागेको छ । अर्को सिपेज भएकोले ओषधी मार्फत टालिएको छ । एउटा मात्र भाल्भ तनदुरुस्त छ । म पनि अस्ति मुटुमा स्टेन लगाए ।
यीतमा म कुराले हाम्रो घरको वातावरणलाई तनावपूर्ण बनाई दिएको थियो । कुनै पनि सामाजिक र राजनीतिक कार्यक्रम पूर्ण रुपले बन्धेजको अवस्थामा पारिवारिक अनुशासन भंग गरेर हामी सिरहा गएका थियौं । वैशाष १३ गते धरान जान तम्तयार बसेको थिएँ, तर लक्ष्मीले जान दिइनन् । किनकि उसलाई थाहा छ कोरोनाले सबैभन्दा बढी दीर्घ रोगीलाई समाउँछ ।
आखिर कोरोनाको कहरले चारै तर्फ छाइसकेको अवस्थामा हामीलाई किन छोएन भन्ने प्रश्न सबैको लागि जिज्ञासाको विषय हो । अमेरिकाले के भनेका छन् भने मास्क एउटा मात्र होइन, डब्बल लगाउँ जसले ५० प्रतिशत भन्दा बढी आषधीको काम गर्छ । त्यति बेला मैले अमेरिकाद्वारा सम्प्रेषित यो तथ्यबाट अन भिज्ञ नभएपनि औपचारिक जानकारी थिएन । त्यसैले एउटा मात्र मास्कको प्रयोग गर्थे । म मात्र होइन, मेरा परिवारका सम्पूर्ण सदस्य चाहे विहेको वेला होस् वा वाहिरको अवस्था, एक छिन पनि मास्क खोलेन । म स्वयं पनि डा. जयनारायणको कारको अघिल्लो सिटमा बस्दा कुनै पनि बेलामा स्कखोलिन । रोशन जनकपुरीसंग बसेर खाना खाइरहेको बेला मास्क अवश्य खोलेके थिए ।तर, सुखदपक्ष के रह्यो भने हत्तार भएकोले हाम्रो कुराकानी भएन । सक्दो छिटो खाना खाएर उठ्न वित्तिकै म मास्क लगाई हाले । त्यति बेला सम्म सिरहामा मास्क थोडै मात्रको मुखमा देखेको थिए । अदालत र मालपोत कार्यालयको भिडमा मास्क विहीनको संख्या अत्यधिक थियो ।
त्यसैले वेशाष १० गतेदेखि जेठ १० गते आज यो हरफ विराटनगरको घरमा बसेर लेखिरहँदा वातावरण, मौसम र परिस्थिति कति बदलिएको छ भन्ने कुरा मैले भनिहनु पर्दैन । म अहिले विराटनगरमा छु तर सिरहासंग मेरो जिबित सम्पर्क छ । भर्खरै थाहापाएँ सिरहामा अब मास्क विना एकजना पनि हिड्दैन रे ! क्यागजब ! सिरहा आखिर सिरहा हो ।
यस बीचमा सिरहाले चिकित्सक देखि सामान्य जन सम्म गुमाएको खबरले स्तब्ध र दुखीभएको छु । तर के कुरा भन्न चाहन्छु भने सतर्कता नै सबैभन्दा ठूलो औषधी हो । मास्क भन्दा ठूलो औषधी अहिले कोरोनाको हकमा बनेको छैन । त्यसैले तमाम जिल्लावासी डब्बल मास्क लगाउँ, यही नै ठूलो उपचार हो ।
मिथिलाञ्चल, विराटनगर —१० नवीनटोल
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved