झण्डै सिरहाले सखापपारेको !

  • जेठ ११, २०७८ | ९२८ पटक पढिएको | राम रिझन यादव
alt

२०७८ वैशाष १० गते अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ! नेपालका पुराना पुस्तकालयहरु मध्ये एक सिरहा पुस्तकालयमा यो दिवस मनाउने तय भएको थियो । म विराटनगरमा थिएँ, त्यसैले सम्पूर्ण तयारीको जिम्मा व्यवस्थापन समितिका अध्यक्ष अरुण पासवानले लिए । म केवल प्रमुखवक्ताको रुपमा जनकपुरका साहित्यकार तथा राजनीतिक विश्लेषक रोशन जनकपुरीसँगै केही सचेत साथीहरुलाई फोनबाट निम्त्याएँ । हुलाकी सडक भएर जनकपुरबाट सिरहा जम्मा २५ कि.मि.मात्र रहेकोले इन्द्रदेव गुवारको सहयोगमा प्रमुखवक्तालाई सिरहा पुग्न समय लागेन । कार्यक्रम भव्यरुपमा सफल भयो । पाहुनाहरुलाई खानाखुवाउँदा सम्म सिरहाबाट जनकपुरको लागि सबै बस हिडिसकेकोले चुहर्वा पुग्नुवाहेक अर्को विकल्प रहेन । भर्खरै मधेसको सामाजिक रुपान्तरणमा विद्यावारिधि (पिएचडि) गरेका गोलवजार नपाका डा. जयनारायण यादवको कारमा हामी चुहर्वा पुग्यौं, जहाँबाट रोशन जनकपुरीले जनकपुरको बाटो लागे ।

त्यसै दिन रात्रिलग्नमा प्राध्यापक चन्देश्वर प्र. यादवकी (ठेंगही) छोरी डा. ज्यातिको विहे भएकोले हामी सपरिवार लहान पुग्यौं । शिखा किरण, धीरज भट्टराई र श्रद्धासंगै म पनिविहेमा औपचारिकता निर्वाह गर्दै राति ११ बजेतिर आ अफ्ना गन्तब्यतिर लागे । सारथी डा. जयनारायण यादवसँगै लगातार तीन दिन सम्म उनको गाडीमा सिरहा घुमे । वैशाष  १३ गते विपिके आइ एच धरानका भूपू उपकूलपति डा. विपिदासकी छोरीको विहेमा धरान तिर लागे, तर पुगे विराटनगर घर  । विराटनगर पुग्दासम्म करोना कोभिड—१९ को त्रास मेरो घरलाई छोई सकेको रहेछ । त्यसैले कुन ैपनि हालतमा मलाई धरान जान दिइएन । म  न यता न उता, किंग कर्तब्यविमुढ भएँ । 

त्यसको तीन दिन पश्चात् जो खबर सुने त्यसले होसहवास उडाई दियो । चैनसंग वस्न सकिरहेको थिइन । आँखाबाट निद्रा हरायो । घडी घडी म लक्ष्मीको नजिक जान्थे र उसको मुख हेरेर फर्किन्थे । एक पटक त उसले सोधिपनिहालिन के भयो किन यसरी बारम्बार मलाई घुर्नु हुन्छ ? म अब्बाकभएँ । केही पनि भनिन । मनमनै सोचे केही भन्यो भने यसले झन् त्रास फैलाउँछ । त्यसैले चुपलाग्नु नै वेस !

उता फेस बूक खोलेर बारम्बार रोशन जनकपुरीको अवस्था हेर्थे । उनी चाहिँ साहित्यिक पारामा आफू पनि यसै जुनीका एक सदस्य भएकोले कोरोना लागेको सगर्वखबर सबैलाई सम्प्रेषण गरिरहेका थिए । सँगसगै कार्यक्रममा लगातार तीन घण्टा बसेको र सिरहाको रिमझिमहोटलमा आमने सामने बसेर खाना खाएर एउटै गाडीमा चोहर्वा सम्म पुगेको दृश्य विस्मृत नै हुन सकिरहेका थिएन । आखिर यति नजिक भएर सबै थोक सम्पादन गरेकोले पक्कै पनि जिउँमा कोरोना पसिसकेको मेरो निष्कर्ष थियो । त्यसैले म र लक्ष्मी दुई दिन पछि सुत्ने ठाउँ फेरे र घरमा पनि मास्क लगाउन थाले  । 

त्यही दिन कान्छी श्रद्धाले भनिन् ‘ बुवा डा. हिरालाई कोरोना लाग्यो ।’ म आकाशबाट खसै झै भएँ । परिवारमा सबै चिन्तित भयो । जसको परिवारमा कोरोना रुपी चिन्ताले छोई सकेको अवस्थामा डा. हिराको खवर सुनेर दशहत उत्पन्न भयो । किनकि डा. ज्यातिको विहेमा हाम्रो सम्पूर्ण परिवारले घण्टौ एकै ठाउँमा बसेर डा. हिरासंग रमाइलो गरेको थियो । यो कुराले इनर्वामा रहेकी शिखा पनि त्यतिकै चिन्तित भइन् । यता हाम्रो परिवारको अवस्था अत्यन्तै भयावह थियो । अलि कति पनि खोकी लाग्यो कि कोरोनाको आशंका ! टाउको दुख्यो कि कोरोनाको कहर ! पेट दुख्यो कि कोरोनाको त्रास ! जस्ता शंक ैशंका बीचमा दिन व्यतित गरिरहँदा खवर आयो कि डा. जयनारायण यादव पोजिटिभ भए रे ! ज्वरोले डा. यादवलाई तीन दिन देखि तवाह गरेको छ भन्ने समाचारले त जिउँझसंग भयो । किनकी लगातार तीन दिन सम्म डा. जयनारायणसंग म सिरहाको सयर गरेको थिएँ । यो खवरले हाम्रो परिवारको अवस्थालाई कहाँ पु्र्याएको होला भन्ने अनुमान गर्न सकिन्छ । म फेरि लक्ष्मीनिर गएँ । उसको अनुहार हेरे र केही समस्या त भएको छैन भन्ने सोधे । किनकि हाम्रो परिवारले भ्याक्सीन लिने अवस्था रहेन । 

यसरी हामी त्रासमा दिन विताइरहेका थियौं । त्यतिकै बेला धनुषाबाट इन्द्रदेव गुवारको फोन आयो । यिनी त्यही व्यक्ति हुन जसले रोशनजनकपुरीलाई मोटरसाइकलमा सिरहाल्याई पुर्याएका थिए । इन्द्रदेव गुवारले मधुर भाषामा भन्छन् ‘सर मलाई ज्वरो आयो ।’ भयो निबर्वाद ! अव के रह्यो र ! यसले त हामीले कहाँ पुर्याएहोला सोच्न सकिन्छ । वहा रे कोरोना ! तिमीले ल्याएको त्रासले घर परिवार कसरी त्रसित जीवन व्यतित गरिरहेका छन भन्ने कुराको ज्वलन्त प्रमाण म आफै थिए । 

 म यति भय भित र त्रसित हुनुको प्रमुख कारण मेरो पारिवारिक अवस्था हो । मेरो जीवन साथी लक्ष्मी अधिकारी मुटुका दीर्घ रोगी हुन् जसलाई वाइ पास सर्जरी भएको छ । मुटुको तीन भाल्भ मध्ये एउटा कृत्रिम पितलको भाल्भ लागेको छ । अर्को सिपेज भएकोले ओषधी मार्फत टालिएको छ । एउटा मात्र भाल्भ तनदुरुस्त छ । म पनि अस्ति मुटुमा स्टेन लगाए । 

यीतमा म कुराले हाम्रो घरको वातावरणलाई तनावपूर्ण बनाई दिएको थियो । कुनै पनि सामाजिक र राजनीतिक कार्यक्रम पूर्ण रुपले बन्धेजको अवस्थामा पारिवारिक अनुशासन भंग गरेर हामी सिरहा गएका थियौं । वैशाष १३ गते धरान जान तम्तयार बसेको थिएँ, तर लक्ष्मीले जान दिइनन् । किनकि उसलाई थाहा छ कोरोनाले सबैभन्दा बढी दीर्घ रोगीलाई समाउँछ । 

आखिर कोरोनाको कहरले चारै तर्फ छाइसकेको अवस्थामा हामीलाई किन छोएन भन्ने प्रश्न सबैको लागि जिज्ञासाको विषय हो । अमेरिकाले के भनेका छन् भने मास्क एउटा मात्र होइन, डब्बल लगाउँ जसले ५० प्रतिशत भन्दा बढी आषधीको काम गर्छ । त्यति बेला मैले अमेरिकाद्वारा सम्प्रेषित यो तथ्यबाट अन भिज्ञ नभएपनि औपचारिक जानकारी थिएन । त्यसैले एउटा मात्र मास्कको प्रयोग गर्थे । म मात्र होइन, मेरा  परिवारका सम्पूर्ण सदस्य चाहे विहेको वेला होस् वा वाहिरको अवस्था, एक छिन पनि मास्क खोलेन । म स्वयं पनि डा. जयनारायणको कारको अघिल्लो सिटमा बस्दा कुनै पनि बेलामा स्कखोलिन । रोशन जनकपुरीसंग बसेर खाना खाइरहेको बेला मास्क अवश्य खोलेके थिए  ।तर, सुखदपक्ष के रह्यो भने हत्तार भएकोले हाम्रो कुराकानी भएन । सक्दो छिटो खाना खाएर उठ्न वित्तिकै म मास्क लगाई हाले । त्यति बेला सम्म सिरहामा मास्क थोडै मात्रको मुखमा देखेको थिए । अदालत र मालपोत कार्यालयको भिडमा मास्क विहीनको संख्या अत्यधिक थियो । 

त्यसैले वेशाष १० गतेदेखि जेठ १० गते आज यो हरफ विराटनगरको घरमा बसेर लेखिरहँदा वातावरण, मौसम र परिस्थिति कति बदलिएको छ भन्ने कुरा मैले भनिहनु पर्दैन । म अहिले विराटनगरमा छु तर सिरहासंग मेरो जिबित सम्पर्क छ । भर्खरै थाहापाएँ सिरहामा अब मास्क विना एकजना पनि हिड्दैन रे ! क्यागजब ! सिरहा आखिर सिरहा हो ।

यस बीचमा सिरहाले चिकित्सक देखि सामान्य जन सम्म गुमाएको खबरले स्तब्ध र दुखीभएको छु । तर के कुरा भन्न चाहन्छु भने सतर्कता नै सबैभन्दा ठूलो औषधी हो । मास्क भन्दा ठूलो औषधी अहिले कोरोनाको हकमा बनेको छैन । त्यसैले तमाम जिल्लावासी डब्बल मास्क लगाउँ, यही नै ठूलो उपचार हो । 
मिथिलाञ्चल, विराटनगर —१० नवीनटोल

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब