सिरहा । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अनधिकृत रहेको आरोप लगाएको छ ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुने केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् ।
‘पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुन्नमा आएकोले त्यस्तो कार्यको निन्दा एवं भर्त्सना गर्दछु ।’ तामाङले जारी गरेको सूचनामा भनिएको छ ।
माधव नेपाल पक्षले बिहीबार बिहान ११ बजे भर्चुअल माध्यमबाट एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved