सिरहा । सिरहाका ब्लड क्यान्सर पिडितलाई मलेशियमा कर्यरत नेपाली युवाहरुले उचारका लागि आर्थिक सहयोग गरको छ ।
सिरहा नगरपालिका वडा नं. १९ सन्हैठा निवासी निर्मला ठाकुरको ११ बर्षिय छोरा रवि ठाकुरलाई आर्थिक सहयोग गरेको हो । उनी धेरै दिन देखि ब्लड क्यान्सर पिडित रहेको चिकित्सकले पुष्टि गरपछि औषधी उपचारका लागि रकम उपलब्ध गराएको छ ।
नेपालबाट विभिन्न कार्यका लागि मलेशिया पुगेका युवाहरुले पिडितलाई उचार गराउन असहज भईरहेको वेला ने.रु.३९ हजार ६ सय ९० रुपैया सहयोग गरको छ । मलेशियामा कर्यरत १५ जना युवाले रकम संकलन गरि उक्त सहयोग गरको हो ।
पिडित बालकको अस्पतालमा उपचार भईरहेको छ । यस्ता सहयोगले पिडित परिवारलाई छोरा बचाउन थप उत्साह थपिएको ठाकुर परिवारले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved