लागु पदार्थ दुर्व्यसन सरकारको प्रमुख चुनौती बन्न् सक्छ : नवराजपुर गाउँपालिका उपाध्यक्ष यादब

  • असार २०, २०७८ | ९१४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । लागु पदार्थ दुव्र्यशन केही वर्ष पछि नेपाल सरकारको प्रमुख चुनौती बन्न सक्ने सम्भावन बढी रहेको नवराजपुर गाउँपालिका उपाध्यक्ष शोभा कुमारी यादबले नवराजपुर गाउँपालिकाको सहयोगमा र सङोर नेपाल नवराजपुर, सिरहाको आयोजनामा गरिएको लागू पदार्थ दुव्र्यसन विरुद्धको जनचेतनामूल तालिमको समापन् कार्यक्रममा यस्तो बताईन् ।

छ कक्षा देखि ठुला कक्षामा पढिरहेको विधार्थीहरुले पनि लागु पदार्थ दुव्र्यशन गर्न थालेकोले केही दिनमै नेपाल सरकारलाई ठुलो चुनौती युवा शक्ति दुव्र्यसन शिकार नै हुने छ । बेलैमा यसका लागि सरकारले ठोस कार्यक्रम तथा कानून प्रक्रियालाई कडाईका साथ नल्याए तराई मधेशमा मात्र नभई देशकै युवा शक्ति बरवाद हुने छन् । भारत सीमासँग जोडिएका स्थानीय तहमा युवाहरुले व्यपक रुपमा दुव्र्यसन शिकार भईरहका छन् । यसका लागि नेपालका प्रशासन पनि गम्भिर रुपमा लिई विशेष प्रयास नगरे यस क्षेत्रका युवा जनशत्ति समाप्त हुने यादबले बताईन् ।

नेपाल भारत सीमा क्षेत्रमा लागु पदार्थ ओसार पोसारमा दिनहु युवाहरु पक्राउ परिरहेका छन् । तर पनि युवाहरुका संख्या घटन् सकेका छैन् । यस क्षेत्रका लागि लागू पदार्थ दुव्र्यसन प्रमुख समस्या बनेको छ । अभिभावकले आफ्ना छोराछोरीलाई विषेश ध्यानमा नराखेकै कारण आज यि समस्या बढदै गईरहेको छ । सा-साना बालबालिका पनि दुव्र्यसनका शिकारमा परिरहेकोले कानूनी करवाही मात्र विकल्प हुन नसकिने देखिन्छ । यसका लागि विभिन्न सरोकावाला पनि चासोको साथ प्रहरी प्रशासनलाई साथ दिन जरुरी रहेको सीमा प्रहरी चौकी झाझपट्टीको प्र.ना.नि. शैलेन्द्र यादबले बताउनु भयो ।

204588329_4768869933128194_382141464717035151_n

लागु पदार्थ दुव्र्यसन समस्या मात्र प्रहरीको सरोकार नभई सबैको सरोकारको विषय बन्नु पर्ने सङोर नेपाल नवराजपुर ,सिरहाको  अध्यक्ष बैधनाथ कुमार यादबले बताउनु भयो । दुव्र्यसन गर्नेका संख्या यति बढी सकेका छन, एक जनाले रोकेर रोकिने बाले छैन् । यसका लागि सघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, गैर सरकारी संघ संस्था र अभिभावकहरुका साझा मुदा बन्न जरुरी छ । यदि समयमा तिन तहका सरकारले ध्यान नदिईए कसैको छोरा छोरी यसबाट बच्चन नसकेन अवस्था श्रृजना हुने छ । बेलैमा स्थानीय तहका सरकारले जनचेतनासहितका युवाहरुलाई बेस्त गर्न सक्ने योजनाहरु ल्याउनु पर्छ । प्रत्येक स्थानीय तहले अनुगमन गरी यस्ता औषधी विक्री वितरण गर्ने पसललाई बन्द गरी आवश्यक करवाही सुरु गर्नु पर्ने अवस्था आई सकेकोले सुरु गरिहाल्नु पर्ने बेला भएको छ । यस्ता दुव्र्यसनलाई रोक्न वडा स्तरीबाट नीति नियम बनाई कडाईका साथ कार्यन्वयन गर्न सके दुव्र्यसन कम हुदै जाने अध्यक्ष यादबले बताउनु भयो ।

कार्यक्रममा युवा तथा बालबालिकाहरुका उपस्थिति रहेको थिय,ो भने राजनीतिक सरोकारवालाहरुका पनि सहभागिता रहेको थियो । कार्यक्रम कोभिडलाई विशेष ध्यानमा राखि स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालन गरि आयोजना गरिएको थियो ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब