सिरहा । सिरहा सदरमुकामबाट दिनदहाडै मोटरसाईकल चोरी भएको छ । स.४ प ३७६ नम्बर डिस्कोभर १२५ सि.सि.को मोटरसाईकल चोरी भएको हो ।
सिरहा नगरपालिका- १० बस्ने गाडी धनी रोशन कुमार कर्ण मालपोत कार्यालय सिरहामा कार्य विशेषले आएको बेल कार्यालय अगाडीमा राखिएको मोटरसाईकल साझ साढे ४ बजे बेपता भएको छ ।
सिरहा सदरमुकामका कार्यालयबाट मोटरसाईकल चोरीको घटना कुनै नयाँ होइन् । सदरमुकामका बिच बजारको विभिन्न कार्यालय आगाडीबाट पटक- पटक मोटरसाईकल चोरी घटना भईरहेको छ । बजार क्षेत्रका ठाउँ- ठाउँमा प्रहरी बिट भएपनि यस्ता घटनामा कुनै कमी नआई घटना दिनानु दिन बढि रहेको सिरहा सदरमुकाम वासीका भनाई रहेका छन् ।
यता सिरहा सदरमुकामका सरकारी कार्यालयहरुमा सि.सि. क्यामरा जाडान गरिएको छ । तर जडान गरिएको सि.सि. क्यामराहरु दैनिक रुपमा संचालन नगरी सरकारको सम्पत्ती कर्मचारीहरुबाटै दुरउयोग भईरहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved