जसपाले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान चलाउने

  • साउन १४, २०७८ | ५५५ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै ।  सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) काे बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ । 

बुधवार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो । बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भदाै १ गतेदेखि मङ्सिर २९ मसान्तसम्म चल्ने बताउनुभयो । उहाँले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, सङ्गठन र जनजागरणसम्बन्धी काम गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताउनुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ, यो अभियान भदाै १ गतेदेखि मङ्सिर मसान्तसम्म चार महिना चल्नेछ र यो अवधिमा जनता समाजवादी पार्टीको समायोजन, प्रशिक्षण, सङ्गठन र जनजागरणसम्बन्धी मुख्य चार वटा काम हामी यो अवधिमा गर्नेछौँ र यो बीचमा पार्टीको टुटेको कडी जोड्ने र फेरि पार्टीलाई दुरुस्त बनाउने काम हुनेछ ।’

बैठकले पार्टीभित्र आउन सक्ने समस्या, अनुशाससम्बन्धी घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।  समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरूमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशीला श्रेष्ठलाई चयन गरिएको समेत उहाँले बताउनुभयो ।  

बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताउनुभयो । 

 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब