माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन, चुनावमा टिकट पनि दिन्नँ : अध्यक्ष ओली

  • साउन १६, २०७८ | ९१८ पटक पढिएको | सीमा संदेश
alt

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढालेर विपक्षीलाई मत दिएको भन्दै माधव नेपाल लगायतका नेताका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन् ।

आफू नेतृत्वको सरकार ढालेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको ओलीको दावी छ । माधव नेपाल र माधव नेपालको पक्षमा रहेका आन्दोलन विरोधीहरुलाई पार्टीमा ठाउँ नरहेको र चुनावमा टिकट पनि नदिने अध्यक्ष ओलीले बताए । नेपाल पक्षकै कारण पार्टीको अभियानमा गम्भीर धक्का लागेको ओलीको भनाइ छ ।

यसैबीच नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।

अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्य दलले सहमति जुटाएको १० बुँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने अडान राख्दैै आएको छ ।

 
 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब