जनकपुरधाममा शैक्षिक संस्था सञ्चालन गर्न सरोकारवालाको माग

  • साउन ३०, २०७८ | ६०० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । कोरोना महामारीका कारण करिब ४ महिनादेखि बन्द रहेका शैक्षिक संस्था सञ्चालन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता जनकपुरधामका शैक्षिक संस्था बन्द रहेका छन् । अनलाइनको माध्यमबाट शैक्षिक कार्यक्रम प्रभावित नभएको भन्दै कोरोना संक्रमण घटेकोले भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने एन प्याबसन धनुषाका निवर्तमान सचिव डीके चौधरीले जानकारी दिए ।

उनले कोरोना संक्रमणका कारण शैक्षिक संस्था बन्द रहेकोले विद्यार्थीहरुको भविष्य अन्योलमा परेको भन्दै जनकपुरधाममा कोरोना संक्रमण घटेकोले भौतिक रुपमा पठनपाठन सञ्चालन हुनुपर्ने बताए ।

उनका अनुसार जानकी विद्या मन्दिरका सञ्चालकसमेत रहेका चौधरीले स्थानीय सरकारको नेतृत्वमा सुरक्षित तरिकाले विद्यालय खोल्नुपर्ने, यसमा प्रदेश र केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्ने छ । वीरगञ्जमा शैक्षिक संस्था खुलिसकेकाले अब सुरक्षाको मापदण्ड अपनाउँदै यहाँको पनि विद्यालयहरु खुल्नुपर्ने चौधरीको माग छ ।

सरकारी निर्णयको अवज्ञा गर्दै कतिपय शैक्षिक संस्थाहरु सञ्चालनमा रहेकोले सबैका लागि समान नियम कानुन लागू हुनुपर्ने उनको धारणा छ ।

एन प्याब्सन धनुषाका जनकपुरधाम नगरअध्यक्ष दिपक ठाकुरले स्थानीय सरकारले विद्यालय सञ्चालनप्रति उदासिनता देखाएको गुनासो गरे । कोरोना संक्रमण दर घटेको र धनुषामा २०/२५ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले नेपाल सरकारले नै विद्यालय बन्द गर्ने निर्णय गरेकोले सरकारले नै खोल्ने अनुमति नदिएसम्म आफूहरु विद्यालय सञ्चालनको अनुमति नदिने बताए । जनस्तरबाट विद्यालय खोल्न माग आइरहे पनि केन्द्रकै निर्णयबाट विद्यालय खुल्ने सीडीओ बास्तोलाले बताए ।

सीडीओ बास्तोलाले तेस्रो लहरको जोखिमसमेत रहेकाले विद्यालय खोल्न हतार नगर्न आग्रह गरे ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब