प्रदेश २ : काँग्रेसकै भागमा परेको दुई मन्त्रालयबीच लफडा

  • साउन ३०, २०७८ | ५६१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । नेपाली काँग्रेसको भागमा परेको प्रदेश २ सरकारका दुई मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर खटपट सुरु भएको छ ।

काँग्रेसको भागमा परेको भौतिक पूर्वाधार विकासमन्त्रालय र खानेपानी तथा उर्जा विकास मन्त्रालय बीच क्षेत्राधिकारलाई लिएर खटपट सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री काँग्रेस संसदीय दलका नेता रामसरोज यादव छन् भने उनकै पार्टीबाट ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्री छन् ।

काँग्रेस र माओवादीलाई सरकारमा सहभागि गराउन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाएर तीनवटा मन्त्रालय विस्तार गरेको थियो । जसमध्ये भौतिक पूर्वाधार मन्त्रालयबाट फुटाएर खानेपानी तथा उर्जा विकास मन्त्रालय कायम गरिएको थियो ।

अहिले सोहि दुई मन्त्रालयमा क्षेत्राधिकारलाई लिएर लफडा सुरु भएको हो ।

मन्त्री रामसरोज यादवले बल मिचयाई गरी अख्तियार दुरुपयोग गर्दा खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको मातहतमा कायम रहेको जलश्रोत तथा सिंचाई विकास डिभिजनहरू र भूमिगत सिंचाईका कार्यालयहरू आफ्नो मन्त्रालयअन्तर्गत सञ्चालन गरेको भनेर विरोध सुरु भएको हो ।

खानेपानी तथा ऊर्जा विकासमन्त्रीले भने जलश्रोत तथा सिंचाई विकास डिभिजनहरू र भूमिगत सिंचाईका कार्यालयहरू आफ्नै मन्त्रालयअन्तर्गत हुनुपर्ने भन्दै सोहीअनुसार पत्राचार गरेका छन् ।

दुबै मन्त्रालयको विवादले विकास निर्माणको कामहरु अन्योलमा पर्ने सम्भावना बढेको छ ।

1-4

3-4

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब