लामो समयदेखि बन्द वीरगञ्जका विद्यालयहरु सञ्चालनमा

  • साउन ३१, २०७८ | ७७१ पटक पढिएको | सीमा संदेश
alt

वीरगञ्ज । कोरोना महामारीका कारण झण्डै ४ महिनादेखि बन्द रहेका वीरगञ्जका विद्यालयहरु सञ्चालनमा आएका छन् । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमै आइतबारदेखि पढाइ सुरु भएको हो ।

केही दिनदेखि मनसुन सक्रिय भएकाले वर्षाका कारण विद्यार्थीको उल्लेख्य उपस्थिति भने विद्यालयमा देखिएको छैन । पहिलो दिन ५० प्रतिशत विद्यार्थी विद्यालयमा उपस्थित भएको माईस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश चौरसियाले जानकारी दिए ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । जसका कारण विद्यार्थीको पढाइ लामो समयदेखि प्रभावित भइरहेको थियो । निजी विद्यालय र केही सामुदायिक विद्यालयहरुले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट वञ्चित थिए ।

वीरगञ्ज महानगरपालिकाले साउन २७ गते सरोकारवालासँग छलफल गरेपछि दोस्रोपटक विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने भनी सूचना जारी गरेको थियो । कोरोना संक्रमण घटेका कारण महानगरले असार १५ गतेखि नै विद्यालय सञ्चालन गर्ने तयारी थालेको थियो । तर जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले निषेधाज्ञा हटाई बजार खोल्ने निर्णय गरे पनि विद्यालय सञ्चालनमा रोक लगाएपछि विद्यालय खुल्न सकेका थिएनन् ।

विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ अनुसार पहिलो चरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै अभिभावकको स्वीकृतिमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक उपस्थितिमा गरिएको वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

महानगर प्रमुख विजयकुमार सरावगीले स्थानीय तहले पाएको अधिकार प्रयोग गर्दा सहयोग गर्नुपर्ने निकायले अड्को थापेर बस्दा विद्यालय सञ्चालनमा ढिलाइ भएको बताए ।

‘बालबालिकालाई थुनेर राख्दा उनीहरुको भविष्य बर्बाद हुन्छ भनेर कोरोना संक्रमण घटेपछि विद्यालय खोल्न खोजेका थियौं । आफ्नो अधिकार प्रयोग गर्दा समेत केन्द्रका निकायहरुले हस्तक्षेप गर्ने प्रवृत्तिले विद्यालय खोल्न सकेका थिएनौं,’ उनले भने, ‘तत्कालका लागि ठूलो कक्षा खोलेका छौं, परिस्थिति हेरेर क्रमशः अन्य कक्षा समेत सञ्चालन गर्छौं, समस्या देखिएको खण्डमा बन्द गर्छौं ।’

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकरी पिताम्बर घिमिरेले वीरगञ्जमा कोरोना संक्रमण घटेकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालन गर्न महानगरले गरेको अनुरोधलाई स्वीकार गरेको बताए ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब