अध्यादेश राष्ट्रपति कार्यालयमा पुग्यो, प्रक्रिया पुर्‍याएर जारी गरिने

  • भदौ १, २०७८ | ६५३ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । सरकारले प्रमाणीकरणका लागि पठाएको अध्यादेश बेलुकीपख प्राप्त भएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले सरकारले प्रक्रियाबाटै अध्यादेश सिफारिस गरेकाले राष्ट्रपतिले पनि आवश्यक प्रक्रिया पुर्‍याएर जारी गर्ने जानकारी दिनुभयो । सरकारले प्रक्रिया पुर्‍याएर सिफारिस गरेका सिफारिस जारी या प्रमाणीकरण गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व भएको भन्दै ढकालले यो विषयमा पनि अलमल नहुने बताउनुभयो ।  

मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश तयार गरेर राष्ट्रपति कार्यालय पठाएको छ ।

विशेषगरी नेकपा एमालेलाई फुटाउन माधवकुमार नेपाल पक्षलाई सजिलो हुने गरी सरकारले अध्यादेश तयार भएको छ ।

यसअघि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख भएकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था उल्लेख छ । 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब