जिल्लास्तरी प्रतिस्पर्धाका लागि सिरहा नगरपालिकाबाट तिन क्षेत्रका प्रतिस्पर्धी छनौट

  • भदौ ९, २०७८ | १,३८४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, भदौ ९ गते । राष्ट्रिय बाल दिवस- २०७८ का लागि जिल्लास्तरी प्रतियोगितामा भिडन् सिरहा नगरपालिकाबाट तिन क्षेत्रका प्रतिस्पर्धी छनौट गरिएका छन् ।

सिरहा नगरपालिकाद्धारा आयोजना गरिएको कविता, गायन तथा चित्रकाला सम्बन्धी प्रतियोगितामा नगरपालिका भित्रका ५४ नीजि र ६७ सामुदायिक विद्यालय गरी कुल १२१ विद्यालय मध्ये प्रतिस्पर्धाका लागि ३ नीजि र ४ सामुदायिक विद्यालय कार्यक्रममा भाग लिएको थियो ।

विभिन्न क्षेत्रका प्रतिस्पर्धीहरु छनौटका लागि निर्णायकमा अनरुद्ध ठाकुर, विनोद कुमार यादब र सरीता झाले दिएका निर्णय अनुसार कविताका लागि ६ जना प्रतिप्रस्र्धी मध्ये मनिंग पल एजुकेशनल एकेडमीका काक्षा- १० का विद्र्थी सैरभ कर्ण, गायण क्षेत्रका लागि ३ जना प्रतिस्पर्धीहरु मध्ये एभर ग्रिन एकेडमी कक्षा- ९ का विधार्थी आद्धिती मिश्र,  चित्रकालाका लागि ६ जना प्रतिस्पर्धीहरु मध्ये एभर ग्रिन एकेडमी कक्षा- ७ का विधाथी सुष्मा यादब छनौट भएका छन् ।

छनौट भएका विधार्थीहरुलाई सिरहा जिल्ला राष्ट्रिय बाल संगठनका सभापती दिनेश कुमार यादब र सिरहा नगरपालिका शिक्षा शाखाको स्रोत व्यक्ति काशिन्द्र प्रसाद यादबले जिल्लास्तरी प्रतिस्पर्धामा सफलताका शुभकामन दिनु भयो ।

जिल्लाका १७ स्थानीय तहबाट छनौट भएका प्रतिस्पर्धीहरुलाई जिल्लास्तरी छनौट गरी राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराई भदौ २९ गते मनाईने राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न तिन विधामा सामान्य राष्ट्पती विदयादेवी भण्डारीबाट पहिलो, दोस्रो र तेस्रो समान दिईने छ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब