सिरहा, भदौ १० गते । राष्ट्रिय बाल दिवस- २०७८ का लागि जिल्लास्तरी प्रतियोगिताबाट तिन विधामा प्रथम प्रतियोगि छनौट गरिएका छन् ।
जिल्ला राष्ट्रिय बाल संगठन सिरहाद्धारा आयोजना गरिएको कविता, गायन तथा चित्रकाला सम्बन्धी प्रतियोगितामा सिरहाका १७ स्थानीय तहबाट सहभागिता जनाएका प्रतिस्पर्धीहरुबाट राष्ट्रिय स्तरमा हुने प्रतिस्पर्धाका लागि सहभागि छनौट गरिएको छ ।
विभिन्न क्षेत्रका प्रतिस्पर्धीहरु छनौटका लागि निर्णायकमा अनरुद्ध ठाकुर, विनोद कुमार यादब र सरीता झाले दिएका निर्णय अनुसार कविता विधामा मनिंग पल एजुकेशनल एकेडमीका काक्षा- १० का विधार्थी सैरभ कर्ण, गायण विधामा एभर ग्रिन एकेडमी कक्षा- ९ का विधार्थी आद्धिती मिश्र, चित्रकालाका लागि एभर ग्रिन एकेडमी कक्षा- ७ का विधाथी सुष्मा यादब छनौट भएका छन् ।
छनौट भएका विधार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथिय प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेंल, विशिष्ट अतिथि शिक्षा समन्वय इकाइ प्रमुख राम वृक्ष महतो, अतिथि सिरहा नगरपालिका शिक्षा शाखा स्रोत व्यक्ति काशिन्द्र प्रसाद यादब र सिरहा जिल्ला राष्ट्रिय बाल संगठनका सभापती दिनेश कुमार यादब राष्ट्रिय स्तरका प्रतियोगितामा सफलताका शुभकामन दिनु भयो ।

नेपालका ७७ जिल्लाका छनौट सहभागिहरुबाट राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराई भदौ २९ गते मनाईने राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न तिन विधामा सामान्य राष्ट्पती विदयादेवी भण्डारीबाट पहिलो, दोस्रो र तेस्रो समान दिईने छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved