वर्षाका देवतालाई खुसी पार्न ६ बालिकालाई निर्वस्त्र सडकमा घुमाइयो

  • भदौ २२, २०७८ | ९३० पटक पढिएको | सीमा संदेश
alt

मध्य प्रदेश, भदौ २२ गते । भारतको मध्य प्रदेशमा ६ बालिकालाई निर्वस्त्र पारेर सडकमा परेड गराइएको छ । लामो समयसम्म पानी नपरेपछि वर्षाका देवतालाई खुसी पार्न भन्दै स्थानीयले बालिकालाई निर्वस्त्र परेड गराएका हुन् ।

खडेरीबाट अति प्रभावित बुन्देलखाँड जिल्लाको एउटा गाँउमा पछिल्लो घटना सार्वजनिक भएको हो । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा निर्वस्त्र बालिकाहरुले
काँधमा बोकेको एउटा पाइपमा भ्यागुतो बाँधिएको देखिन्छ । यस परम्पराले वर्षाका देवता खुसी भएर पानी पर्ने स्थानीयको विश्वास छ ।

बालिकाको पछाडि महिलाहरुको एउटा समूहले गीत गाएर हिडेको भिडियोमा देखिन्छ । लस्करमा हिँडेका बालिकाले गाउँका प्रत्येक घरमा पुगेर खाद्यान्नसमेत बटुलेका थिए । सो खाद्यान्नलाई एउटा स्थानीय मन्दिरलाई प्रदान गरिएको थियो । ‘यति गरे पछि अब पानी पर्छ,’ लाइनमा उभिएकी एक महिलाको भनाइ उदृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

भारतको बाल अधिकार संरक्षणसम्बन्धी राष्ट्रिय आयोगले सो घटनाप्रति चासो देखाएको छ ।

सो घटनाबारे कुनै औपचारिक उजुरी नपरेको मध्य प्रदेश प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र किशोरीलाई निर्वस्त्र हिँड्न बाध्य पारेको पाइएमा दोषीमाथि कडा कारबाही गरिने एक प्रहरी अधिकारीले बताएका छन् । एजेन्सी

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब