एमालेको अवराेधबीच सरकारले पेस गर्‍यो राजनीतिक दलसम्बन्धी अध्यादेश

  • भदौ २३, २०७८ | ९०३ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । नेकपा एमालेको अवरोध र नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । एमालेका सांसदले चर्को नाराबाजी गरे पनि गृह मन्त्री बालकृष्ण खाणले अध्यादेश पेस गर्नुभएको हो । अध्यादेश पेस भएसँगै संसद्को बैठक आउँदाे शुक्रवारसम्मका लागि स्थगित भएको छ ।

यसअघि एमालेका सांसदले अवरोध गरेपछि संसद् बैठक आज दुई पटकसम्म स्थगित भएको थियो । आजको तेस्रो बैठकमा गृह मन्त्रीले अध्यादेश पेस गर्नुभएको हो ।

एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठक चल्न दिएका थिएनन् ।

एमालेका सचेतक विशाल भट्टराईले एमाले फुटाउने मनसायका साथ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउनुभयो । उहाँले सभामुखले माओवादी केन्द्रले सांसद हटाउँदा उनीहरूलाई तत्कालै पदमुक्तको सूचना दिइहाल्ने तर एमालेले १४ जना सांसद हटाउँदा वास्ता नगरेको भन्दै विरोध जनाउनुभयो ।

नाराबाजीकै बीचमा सभामुखले आफूले संविधानले दिएको अधिकारअनुसार काम गरेको जवाफ दिँदै एमालेका सांसदहरूलाई संसद् बैठकभित्र के बोल्ने र के नबोल्ने भनेर मर्यादा स्मरण गराउनुभएको थियो । 

यसैबीच संसद् बैठक भदाै २५ गतेसम्मका लागि स्थगित भएकाे छ ।  

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब