महोत्तरीमा ‘आरकेस्ट्रा’ नाचमा प्रतिबन्ध

  • भदौ ३१, २०७८ | ९३७ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरी, भदौ ३१ गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आर्केस्ट्रा कार्यक्रममा प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय विभिन्न उत्सवमा आयोजन गर्ने आर्केस्ट्रा कार्यक्रममा नाचगानकै क्रममा झैझगडा लगायतका अपराधिक गतिविधि हुन थालेपछि प्रहरीले यसमाथि प्रतिबन्ध लगाएको हो ।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले मातहतको प्रहरी कार्यालयहरुलाई आ–आफ्नो क्षेत्रमा आरकेस्ट्रा कार्यक्रम नहुन निर्देशन दिएका हुन् ।

कुनै पनि बहानामा आर्केस्ट्रा कार्यक्रम गर्न खोज्नेलाई तत्काल रोक्न , रोक्न नमाने आयोजक र कलाकारसमेतलाई नियन्त्रणमा लिन एसपी आचार्यले निर्देशन दिएका छन् ।

अश्लील गीता तथा नृत्यले विकृति फैलने र कार्यक्रममा मदिरा तथा लागुऔषध सेवन गर्ने क्रम बढेको उनको भनाइ छ ।

सुरुमा सांस्कृतिक कार्यक्रम भनेपनि अधिकांश कार्यक्रम संस्कृति र समाज बिगार्ने खालका रहेकाले त्यस्ता कार्यक्रम रोक्न निर्देशन दिएको एसपी आचार्यले बताए ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब