माधव नेपालको पार्टीबाट झाक्रीसहित ६ जना मन्त्री बन्दै

  • असोज ११, २०७८ | ४९४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहभागी हुने पार्टीका नेताहरुको नाम टुँगो लगाएका छन् ।

सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी)लाई ६ वटा मन्त्रालय दिएको छ । मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर हिजो बेलुकादेखि नै आन्तरिक छलफलमा जुटेका थिए ।

अहिले साँझसम्म उनले ६ जनाकै नाम टुँगो लगाएका हुन् । नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउँदैछन् । खतिवडासँगै प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठको नाम तय भएको छ ।

प्रधानामन्त्री शेरबहादुर देउवाले सकेसम्म भोलि नै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आजै फिर्ता लिने तयारीसमेत गरेको छ । त्यसको लागि अहिले मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब