कांग्रेस प्रवेश गरे कन्हैया कुमार

  • असोज १२, २०७८ | ६३९ पटक पढिएको | सीमा संदेश
alt

१२ असोज, काठमाडौं । भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार आधिकारिकरुपमा कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार उनी आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस पार्टीमा प्रवेश गरेसँगै कन्हैया कुमारले भने, ‘म कांग्रेस पार्टीमा किन प्रवेश गरिरहेको छु भने मलाई यो देशमा केही सत्तामा रहेका मानिसले मुलुकको भविष्य बिगार्ने प्रयास गरिरहेका छन् भन्ने महसुस भएको छ ।’ कांग्रेसका केसी वेणुगोपाल र रणदीप सिंह सुरजेवालाको उपस्थितिमा कन्हैया कुमार र जिग्नेश मेवाणि कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

हालै मात्र कन्हैया कुमारले कांग्रेस पार्टीका नेता राहुल गान्धीसँग भेटवार्ता गरेका थिए । यससँगै उनी पार्टीमा प्रवेश हुन सक्ने अनुमान गरिएको थियो । कन्हैया कुमार कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारका सदस्य थिए । सन् २०१९ को लोकसभामा उनी बेगूसरायबाट निर्वाचन लडेका थिए । तर, भाजपाका उम्मेदवारसँग ठूलो अन्तरले पराजित भएका थिए ।

लोकसभा निर्वाचनमा जिग्नेश मेवाणीले पनि बिहारमा कन्हैया कुमारको समर्थनमा प्रचार गरेका थिए । एक साताअघि नै मंगलबार कन्हैया कुमार कांग्रेस पार्टीमा प्रवेश गर्ने समाचार सार्वजनिक भएको थियो । कम्युनिष्ट पार्टीले उनलाई कांग्रेस प्रवेश गर्नबाट रोक्ने प्रयास गरे पनि उनी भने सहमत नभएका हुन् ।

एजेन्सीहरुको सहयोगमा

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब