सिरहा । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखीले पार्टीबाट राजिनामा दिएका छन् । लोसपाका केन्द्रीय कार्यकारणी समितिका सदस्य समेत रहेका लेखीले बिहीबार पदबाट राजीनामा दिएका हुन् । उनले बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुरसमक्ष पद त्याग गरेको पत्र बुझाएका छन् ।
नयाँ राजनीतिक यात्राको थालनी गर्न लोसपाको कार्यकारणी समितिको सदस्यबाट राजीनामा दिएको लेखीले बताएका छन् । ‘म यसपार्टीको केन्द्रीय कार्यकारणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
नेता लेखीले वैकल्पिक शक्ति बनाउने अभियानमा सफलता प्राप्त नभएपछि आफूले पार्टी परित्यागको निर्णय गरेको प्रतिक्रिया दिएका छन् । उनले नयाँ पार्टीहरु पुराना पार्टीभन्दा गएगुज्रिएका बनेका पनि टिप्प्णी गरे। उनले अब नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेमध्ये कुनै एक पार्टीको राजीनतिमा संलग्न हुने पनि जानकारी दिए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved