राजनीतिक प्रतिशोधको आधारमा मुख्यमन्त्रीको कार्यालयमा छापा : जसपा

  • असोज १५, २०७८ | ५६८ पटक पढिएको | सीमा संदेश
alt

१५ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक प्रतिशोधको आधारमा प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको आरोप लगाएको छ ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापामार शैलीमा सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पु¥याउने कार्य गरेको भन्दै जसपाले यसलाई अत्यन्तै आपत्तिजनक र दूराशयपूर्ण भनेको छ ।

अख्तियारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत छात्राहरुलाई वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा १३ असोजमा मुख्यमन्त्री कार्यालयमा छापामारी आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।

जसपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अख्तियारले भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न पाउने अधिकारी भए पनि अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत हो । यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरुमा नैराश्यता र हीनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोककल्याणकारी कार्यहरु प्रतिकूल असर पर्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैलीप्रति जसपा घोर विरोध, भत्र्सना र आपत्ति प्रकट गर्दछ ।’

जसपा सधैं अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको विरुद्धमा रहेको भन्दै राज्यको सम्पूर्ण तह र निकायहरुमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब