मुख्यमन्त्री राउतको राजीनामा माग्दै जनकपुरमा जनमत पार्टीको प्रदर्शन

  • असोज १८, २०७८ | ५८६ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, असोज १८ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

सोमबार दिउँसो पार्टीका नेताकार्यकर्ताले प्रदेश २ सरकार भ्रष्ट भएको भन्दै सो पार्टीले मुख्यमन्त्रीको राजीनामा पनि माग गरेको छ । 

उनीहरूले ‘साइकल चोर- सरकार छोड् । भ्रष्ट सरकार-राजीनामा दे १ मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । 

मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।

२०७६ असार १६ गते मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरी ९ करोड ८४ लाख १८ हजार मूल्यका १४ हजार थान साइकल २६२ विद्यालयका प्रधानाध्यापक वा विद्यालयका प्रतिनिधिलाई ८ कक्षामा पढ्ने छात्रा संख्याको आधारमा उपलब्ध गराएको थियो ।

त्यसक्रममा अनियमितता भएको कुरा महालेखा परीक्षकको प्रतिवेदनले समेत औंल्याएको छ । यसअघि जनता समाजवादी पार्टीले दुईदिन प्रदेश २ का आठै जिल्लामा अख्तियारविरुद्ध प्रदर्शन गरेका थिए ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब