एमाले प्रदेश २ कमिटीका २५ सदस्यले दिए समूहिक राजीनामा

  • असोज १८, २०७८ | ५५५ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, असोज १८ गते । एमाले प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्र छाडेर एमालेमा गएका नेता प्रभु साहनिकटका २५ प्रदेश कमिटी सदस्यले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै सामूहिक राजिनामा दिएका हुन् ।

 राजीनामा दिनेमा प्रदेश सदस्यहरू उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुसवाहा, त्रिभुवन साह, सियाराम कुसवाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, रासनारायण राय र सन्तोष मेहता छन् ।

साह एमालेको मूल नेतृत्वसँग असन्तुष्ट छन् । एमाले अध्यक्ष केपी ओलीलाई आठबुँदे माग पेस गरेका नेता साहको माग सम्बोधन नभएपछि सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् ।

गत ११ असोजमा एमाले प्रदेश २ का अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै दुई सय ७३ सदस्यीय प्रदेश कमिटी बनाएका थिए । ‘हामीले नेकपाकै निरन्तरताको रूपमा बुझ्दै आएका एमालेमा हाम्रो पक्षको आममनोविज्ञान र अहिलेको वस्तुगत आवश्यकतालाई प्रतिनिधित्व गर्दै हाम्रो आदरणीय नेता प्रभु साहज्यूले राख्नुभएको आठबुँदे मागलाई नजरअन्दाज गर्ने, तर हाम्रो अनुहारको निरन्तर व्यापार गरिरहन सहमतिविना नै कमिटीमा केही मान्छेको मात्र नाम राखी हामीभित्रै भ्रम र फुटको स्थिति सिर्जना गर्ने, वरिष्ठ कमरेडहरूलाई छोडेर÷निषेध गरेर कनिष्ठलाई कमिटीमा राख्ने काम भयो । यो पार्टीको हितविपरीत छ,’ २५ जना सदस्यले दिएको संयुक्त राजीनामापत्रमा छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब