७५ प्रतिशत अनुदानमा विद्यालयले शिक्षकलाई दिए ल्यापटप

  • असोज १९, २०७८ | ५८९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९असोज । जनता माध्यमिक (प्राबिधिक) विद्यालय बरियारपट्टीले आफ्ना १० जना शिक्षकहरुलाइ ७५ प्रतिशत अनुदानमा ल्यापटक प्रदान गरेको छ । शिक्षणकार्यलाई प्रविधिमैत्रि बनाउन तत्काललाई १० जना शिक्षकहरुलाई विद्यालयको आन्तरिक स्रोतबाट खरिदगरी ल्यापटक प्रदान गरिएको हो ।

विद्यालयमा बाल विकास देखि कक्षा १२ सम्ममा ३३ जना शिक्षकहरु कार्यरत रहेकोमा हाललाई अति आवश्यक र आफूसँग ल्यापटम नभएकामध्ये १० जना शिक्षकलाई विद्यालयले ल्यापटक दिएको प्रधानाध्यापक विरवल यादवले बताए । उनले बाँकी शिक्षकहरुलाई क्रमिक रुपमा ल्यापटप उपलब्ध गराउने बताए । उनले अहिले प्राविधिक धार, ११ र १२ कक्षा पढाउने शिक्षकहरुलाई प्राथमिकतामा राखेर ल्यापटप दिएको जनाए ।

प्रधानाध्यपक यादवले विद्यालय नमुना कार्यक्रममा परेकोले पनि हामीले यसलाई प्रविधिमैत्रि बनाउँदै जानुपर्ने बताए । उनलेभने, ‘यो प्रविधिकको युग हो, हमीले यससँगै अगाडी बढ्दै जानुपर्छ र नमुना विद्यलय कार्यक्रममा पनि परेकोले हामीले ल्यापटक दिनसुरुगरेका हौं । बाँकी शिक्षकहरुलाई पनि स्रोत जुट्दै गएपछि उपलब्ध गराउँछौं ।

’विद्यालयलाई प्रविधिमैत्रि बनाउन प्रोजेक्टर, स्मार्ट बोर्डहरुपनि जडानकार्य भईरहेको उनले सुनाए । उनले तत्काललाई १ थान स्मार्ट बोर्ड र २ वटा प्रोजेक्टर समेत खरिद गरीएको बताए ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब